धरान : धरान ४ स्थित भेडेटारमा साहसिक खेल जिपलाइनको उद्घाटन भएको छ।
शनिबार प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले जिपलाइनको उद्घाटन गरेका हुन्। मुख्यमन्त्रीले उद्घाटन गरेको जिपलाइनमा धरानका उपप्रमुख मन्जु भन्डारीले प्रयोग गरेकी थिईन् ।
धरान ४ तर्फको भेडेटारबाट सुरुवाती पोइन्टबाट देवीथानमा ल्याण्डिङ हुनेछ। यो जिपलाइनको लम्बाई ६ सय ५० मिटर र उचाई १५० मिटरसम्म छ भने पर्यटकले करिब ४५ सेकेण्डसम्म अनुभव लिन पाउछन्। वल्र्ड वाइड ग्रुप नेपाल प्रालिले सञ्चालनमा ल्याएको जिपलाइनको लागत ३ करोड भएको सञ्चालक विवश भण्डारीले बताए।
राधाकृष्ण रथयात्राको तयारी तीव्र, विराटनगरमा दुई सय स्वयंसेवक परिचालन गरिने
विराटनगर : धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग जोडिएको राधाकृष्ण रथयात्रालाई यस वर्ष थप व्यवस्थित, भव्य र सभ्य बनाउन विराटनगर महानगरपालिकाले...











Discussion about this post