Sunday, June 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

सन्दर्भ नारी दिवस : अदम्य साहस, संघर्ष र हिम्मतले उदाहरणीय बन्दै अपाङ्ग महिला

विवेक विवश रेग्मी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन २५, २०७६
in टाकुरा विशेष, समाचार
0
सन्दर्भ नारी दिवस : अदम्य साहस, संघर्ष र हिम्मतले उदाहरणीय बन्दै अपाङ्ग महिला
359
SHARES
Share on FacebookShare on Twitter

इटहरी  : पारिवारिक तथा सामाजिक अपहेलनाका बाबजुद पनि पूर्वका थुप्रै अपाङ्ग महिलाहरू जीवनका चुनौती सामना गरी अघि बढिरहेका छन् । पूर्वका, विशेषगरी सुनसरी इटहरीका यी अपाङ्ग महिलाहरू आफूमात्र होइन, समाजमा अपाङ्ग र असहायलाई पनि आर्थिक रूपमा आत्मनिर्भर र सहारा दिन लागि परेका छन् ।

तृप्ता मगर : 
जन्मेको दुई बर्षमै उनलाई पोलियो भयो । जसले गर्दा दुबै खुट्टा चलेनन् । खुट्टाले भर नदिए पनि उनको रहर खुम्चिएन । उनले कुद्ने–खेल्ने रहर घस्रिएर पूरा गरिन् । इटहरी वडा नं. १ की तृप्ता मगरले आफ्नो विगत सुनाउँदैमा सवैको आँखाबाट आँसु आउँछ । तर, नवपुस्ताका लागि उदाहरणीय पात्रको रूपमा परिचय स्थापित भइसकेको छ ।
उनी आफूजस्तै अपाङ्ग, अनाथ, असहायको पीडामा मल्हम लगाउँने व्यक्तिमा गनिन पुगेकी छन् । व्यक्तिगत खुसी र रहरलाई तिलाञ्जली दिएर ५५ वर्षीया तृप्ता निरन्तर संघर्ष गरिरहेका छन् ।
२०१९ साल जेठ २८ गते भारतको देहरादुनमा जन्मेकी उनको पुख्यौली घर ओखलढुङ्गा हो । उनी छ बर्षकी हुँदा बाबु रिटायर्ड भएर सुनसरीको साविक हाँसपोसा वडा नं. १ मा बसाइँ सरे । उनलाई सानै उमेरमा पोलियो रोग लागेपछि खुट्टा लुलो हुने, नटेकिने जस्ता समस्या आइपरेको हो ।
उनलाई आफ्नो शारीरिक अस्वस्थ्यताले साथ नदिएपनि भविष्यमा उदाहरणीय कार्य गरेर देखाउँछु भन्ने सानैदेखि लाग्थ्यो । उनलाई भित्र मनमनै लाग्थ्यो, ‘शारीरिक होस् वा मानसिक कमजोर भएकालाई त उत्साह र अवसर पो दिनुपर्ने तर किन खिसी गर्छन् ।’ अन्ततः उनी सफल पनि भइन् ।
उनले २०५५ सालमा आफूले जस्तै अरूलाई पनि पीडा नहोस् भन्नका लागि नेपाल चेलीबेटी अपाङ्ग महिला संघ स्थापना गरिन् । अपाङ्ग, बालबालिका र महिलाहरूको अगाडि बनाएर आत्मनिर्भर बनाउँन संस्था स्थापना गरेको उनले बताइन् । ‘१६ वर्षभन्दा कम उमेरका वालवालिका, अपाङ्ग भएमा उनीहरूको जीवन सहज बनाउँनका लागि संस्था स्थापना गरिएको हो,’ उनले भनिन्, ‘पहिले समाजले अपाङ्ग मानिसलाई हेर्ने दृष्टिकोण साह्रै निर्दयी थियो, अहिले सकारात्मक रूपमा परिवर्तन हुँदै गएको छ ।’
पहिलेको समयमा समाजमा अपाङ्ग महिलाहरूका लागि कठिन रूपले जीवन जिउनुपर्ने पीडा सुनाइन् । ‘पहिले–पहिले समाजमा अपाङ्ग मानिसलाई हेर्ने दृष्टिकोण कुण्ठित थियो, अहिले प्रायः धेरैजसो मानिसले बुझ्न थालेका छन्,’ उनले भनिन् ।
त्यसो त अहिले पनि सुनसरीका अधिकतर ठाउँमा अपाङ्गलाई नबुझ्ने बताउँदै उनले भनिन्, ‘पिछडिएको समाजलाई धर्म, संस्कृति, बुझाउन गाह्रो हुँदो रहेछ ।’ सुनसरीका मुस्लिम समुदायले गरिबी र अपाङ्गताकै कारण साक्षर बनिनसकेको बताउँदै भनिन्, ‘धेरै महिलाहरू साक्षर बनिसकेका छैनन्, केही महिलाहरूलाई भने हामीले साक्षर बनाएका छौँ ।’ उनले सामाजिक काम गर्नका लागि अत्यन्त गाह्रो हुने भएकाले समाजमा अपाङ्गलाई हेर्ने दृष्टिकोण सकारात्मक बनाउनका लागि समय लाग्ने अनुभव सुनाइन् ।
‘समाजमा उचाल्ने पछार्ने पनि हुन्छन्, हामीले आफ्नो ठाउँबाट हिड्दै जाँदा काडाँले घोच्छ, तर काँडाले घोचो भन्दैमा पछाडि फर्कनु हुँदैन,’ उनले भनिन्, ‘हामीले समाजमा दिनको एक रुपैँया बचत गर्नुपर्ने नियम बसाएका छौँ, जनचेतना कार्यक्रम बहुतै मूल्यवान् हुँदो रहेछ ।’
लामो समयसम्म धरानमा रहेको पूर्वाञ्चल ज्ञानचक्षु माविमा अध्यापन गराउँदै आएको भएपनि अहिले उनी इटहरी वडा नं. १ को राष्ट्रिय माविमा अध्यापन गराउँदै आएकी छिन् । आफूले अहिले पूर्वाञ्चल अपाङ्ग र असहाय सेवा केन्द्रको स्थापना गरेको बताउँदै भनिन्, ‘हामी सबै एकदिन वृद्ध हुन्छौँ, त्यसैले यहाँ बृद्धाश्रम स्थापना गर्न लागिएको हो ।’
तृप्ताले जस्तै कठिन समस्याहरू आइपर्दा पनि आत्मविश्वास कहिल्यै गुमाइनन् । उनी अहिले अपाङ्गता भएका व्यक्तिका निम्ति अनेक खाले सीपमूलक कार्यक्रम सञ्चालन गरिरहेकी छिन् । उनी अपाङ्गता भएकाको दुःखमा मल्हमम लगाउन पुगिहाल्छिन् । कयांैको जीवनको बेग कहाँ टुगिन्छ पत्तो हुदैन । तर, तृप्ता भने एकपछि अर्को योजना बनाएर अघि बढ्दा हरेक कार्यमा सफलता प्राप्त गर्ने सहासकी प्रतिमूर्ति नै बनेकी छिन् ।

दिलकुमारी राई : यस्तै अर्को उदाहरण बनेकी दिलकुमारीलाई पनि यो समाजले सधैं प्रेरक मान्नुपर्दछ । उनले आफ्नो जीवन भोगाइले गर्दा जसरी पनि अरूको सेवा र सहयोगका निम्ति झन्झट र दुःख फिटिक्कै महसुस गरिनन् । अनेक समस्यालाई पन्छयाउँदै अघि बढिन् । शारीरिक रूपमा अपाङ्ग तर समाजका लागि उदाहरणीय पात्रका रूपमा स्थापित छिन् इटहरीकै दिलकुमारी राई ।
२०२७ पुस ३ गते खोटाङ दिक्तेलमा जन्मेकी उनले २०४५ सालमा सुनसरीमा आएसँगै हिंसामा परेका महिलाहरूको उद्दारका लागि महत्वपूर्ण भूमिका निर्वाह गदैं आएकी छन् । अचेल समाजमा जताततै इमानको खडेरी छ । यस्तो बेला सामाजिक कार्यमा लागेकी उनको उदाहरणीय कार्यले हरेकको मनमा ऊर्जा र साहस मिल्छ । ‘मैले ६ वर्षअगाडि चेलीबेटी अपाङ्ग महिला संघको अध्यक्ष रहँदा २ सय ९३ जना अपाङ्ग महिला तथा वालवालिकालाई उद्दार तथा सचेतना कार्यक्रम गरेँ,’ उनले आफूले गरेका कार्यको फेहरिस्त सुनाउँदै भनिन्, ‘हिंसामा परेका महिलाहरूलाई पनि उद्दार गरेँ अहिले परिवार मिलेर बसेका छन् ।’
जन्मजातै शारीरिक रूपमा अशक्त हुन् उनी । ‘धेरै हाँसेर बाँचेको छु, कसरी संघर्ष गरेको छु मलाई थाहा छ,’ उनले भनिन् ।

दीपकला राई : समाजलाई सुकर्मको दीप बनेकी अर्की भिन्न क्षमताकी महिला हुन् दीपकला । उनले आफूजस्तै, अपाङ्ग, अनाथ र असाहयको हितमा गरेको काम भने समाजका लागि प्रेरणात्मक छ । शारीरिक रूपमै अशक्त रहेकी दीपकला राईले पनि आफूले समाजका लागि महत्वपूर्ण योगदान पु¥याएकी छिन् ।
२०२९ मंसिर १९ गते खोटाङ्मा जन्मेकी उनलाई पाँच वर्षमा पोलियो रोग लागेको थियो । खुट्टा खुम्चिने, सुन्निने र उक्त समयमा पोलियो रोगको उपचार नभएका कारण आफू शारीरिक रूपमा अशक्त रहेको उनले बताइन् । २०५० सालमा काठमाडौँको वीर अस्पतालमा जचाउँन गएको केही वर्षपछि बैसाखी टेकेर अस्पतालबाट निस्केको सम्झदैँ उनी भन्छिन्, ‘त्यो बेला म गीत गाउँन खुब रहर गर्थे, एक्लै थिएँ, सोचेजस्तो हुँदो रहेनछ ।’
पाँचपटकसम्म आफ्नो खुट्टाको अप्रेसन गरेको बताउँदै आफ्नो पीडा सम्झदाँ अहिले पनि घाउ बल्झिने उनले सुनाइन् । उनले २०५५ सालमा चेलीबेटी महिला अपाङ्ग संघको संस्थापक कोषाध्यक्ष भएर लामो समयसम्म महिलाको हकहितमा काम गरिन् । ‘पछि म संस्थाको अध्यक्ष भएपछि पनि थुप्रै सामाजिक कामहरू गर्यौं,’ उनले भनिन्, ‘प्लान नेपालसँगको सहकार्यमा पनि समाजमा सकारात्मक कार्यक्रमहरूको आयोजना गर्यौ ।’ त्यतिबेला प्रत्येक गाविसमा महिलाहरूको आयआर्जन बृद्धि गर्नका लागि कार्यक्रमको आयोजना गरिएको थियो ।

लक्ष्मी घिमिरे : २०३४ साल असोज ४ गते अछाममा जन्मिएकी लक्ष्मी घिमिरेको पनि चिन्ता जहिले पनि अपाङ्गसँगै सहाराविहीन र असहायकै लागि हुने गर्छ । आफू जन्मिएको डेढ वर्षमै पोलियो रोग लागेको भएपनि २०५२ सालमा इटहरीमा बसेर सामाजिक सेवामा क्रियाशील भएपछि उनमा सकारात्मक परिवर्तन आएको बताउँछिन् । ‘बितेका दिनहरू संघर्षशील थिए, मैले चेलेबेटी अपाङ्ग संघको अहिले अध्यक्ष भएर नेतृत्व विकास तालिम, उद्यमशीलता तालिम तथा सीपमूलक अन्य कामहरू सिकेर अगाडि बढेकी छु ।’
अहिले उनी उक्त संस्थाको उपाध्यक्षको जिम्मेवारीमा छिन् । ‘मैले समाजबाटै अपहेलित अपाङ्ग महिलाहरूको लागि काम गर्दै आएकी छु, म संस्थामा नआएकी भए यो सम्भव थिएन ।’

हामी सपाङ्गहरूले गम्भीर भएर सोच्ने बेला हो यो । माथि उल्लेख गरिएका चारजना शारीरिक रूपमा अपाङ्ग महिलाले समाजमा रहेका अपाङ्गसँगै सहाराविहीन र असहायकै लागि चिन्ता हुने गर्छ ।

यी महिला समाजका लागि उदाहरणीय पात्रको रूपमा मात्रै नभई एक कुशल समाजसेवीका रूपमा समेत परिचय स्थापित गर्नमा उल्लेखनीय भूमिका निर्वाह गरेका छन् ।

सुनसरी जिल्लामा मात्रै ११ हजार ५ सय ९३ जना अपाङ्गता भएका मानिसहरु बसोबास गर्दै आएका छन् ।

प्रदेश नं १ मा अपाङ्गता भएका व्यक्ति सबैभन्दा धेरै मोरङमा रहेका छन् । यहाँ १७ हजार ५३ अपाङ्ग रहेको एक तथ्याङ्कले सार्वजनिक गरेको छ ।

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

बासुदेव बरालको ‘कोशी’ पुस्तकमाथि इटहरीमा परिचर्चा
समाचार

बासुदेव बरालको ‘कोशी’ पुस्तकमाथि इटहरीमा परिचर्चा

by टाकुरा न्यूज । इटहरी
असार १३, २०८३
0

इटहरी : कोशी प्रदेशका प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक गन्तव्यको अनुभव र सम्भावनालाई समेटेर पर्यटन व्यवसायी बासुदेव बरालद्वारा लिखित ‘कोशी (गन्तव्य...

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ
समाचार

ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

by टाकुरा न्यूज । इटहरी
असार १३, २०८३
0

इटहरी : सुनसरी प्रहरीले भारतबाट नेपाल प्रवेश गर्दै गरेका एक युवकलाई ब्राउनसुगरसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार...

तीनजनामा डेंगु पुष्टि

डेङ्गी रोकथामका लागि भोजपुरमा सचेतनादेखि ‘खोज र नष्ट गर’ अभियानसम्म

असार १३, २०८३
अनुदानमा धानको बीउ वितरण

मोरङमा चैते धान उत्पादनमा वृद्धि, मूल्यमा गिरावट

असार १३, २०८३
अभिषेक गिरी कैदमुक्त

विराटनगरका कांग्रेस नेता अभिषेक गिरी प्रहरी नियन्त्रणमा, कारागारको रकम असुलेको आरोप

असार १३, २०८३
धरानको सामुदायिक वनबाट एक सय २० किलो गाँजा बरामद, तस्करको खोजी तीव्र

धरानको सामुदायिक वनबाट एक सय २० किलो गाँजा बरामद, तस्करको खोजी तीव्र

असार १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

बासुदेव बरालको ‘कोशी’ पुस्तकमाथि इटहरीमा परिचर्चा

बासुदेव बरालको ‘कोशी’ पुस्तकमाथि इटहरीमा परिचर्चा

असार १३, २०८३
सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

असार १३, २०८३
तीनजनामा डेंगु पुष्टि

डेङ्गी रोकथामका लागि भोजपुरमा सचेतनादेखि ‘खोज र नष्ट गर’ अभियानसम्म

असार १३, २०८३
अनुदानमा धानको बीउ वितरण

मोरङमा चैते धान उत्पादनमा वृद्धि, मूल्यमा गिरावट

असार १३, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    485 shares
    Share 194 Tweet 121
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    396 shares
    Share 158 Tweet 99
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    382 shares
    Share 153 Tweet 96
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    353 shares
    Share 141 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.