इटहरी : शुक्रबार इटहरीको कस्तुरी चौकदेखि वीपी चौक लाइनमा पसल सञ्चालन गर्नेहरु चकित परे ।
प्रहरीको भ्यानमा आएका केही नेपाल प्रहरी र सादा पोसाकमा आएका र आफूलाई अन्तरिक राजस्व कार्यालय इटहरीको अधिकारी बताउने व्यक्तिहरुले यहाँका पसलमा दादागिरी शैलीमा कपडा बरामद गरेका थिए ।
परिचयपत्र बिना नै उनीहरुले गरेको उक्त हर्कतले व्यवसायी निरीह बने । आँफू आन्तरिक राजस्व कार्यालय इटहरीको कर्मचारी बताएपनि नाम भने खुलाउन मानेनन् ।
यसैबीच समाचार संकलनमा गएका एक सञ्चारकर्मीमाथि भिडियो खिचिरहेका बेला भिडियो डिलिट गर्न बन्दै धम्की दिएका थिए । ‘भिडियो किन खिचेको, डिलिट गर्’ भन्दै त्यहाँ उपस्थित एक प्रहरीले इटहरीका एक सन्चारकर्मीलाई धम्की दिएका थिए ।
पोसाक र परिचयपत्र बिना नै छापामार शैलीमा सामान उठाइरहेका, उनीहरुलाई तपाईँहरु को हो ? भनेर सन्चारकर्मीले प्रश्न गर्दा टोली मध्येका एकले ‘हामी भिसिटिए सम्बन्धी चेक हो । भिसिटिए कागज नदेखेर हामी अनुगमनमा छौँ’ भन्ने जवाफ दिएका थिए ।
आफूलाई आन्तरिक राजस्व अनुसन्धान कार्यालय इटहरीको अधिकृत बताउने व्यक्तिलाई नाम सोध्दा कार्यालयमै आउनु भनी गैरजिम्मेवारी पूर्वक जवाफ दिएका थिए














Discussion about this post