धरान : धरान उपमहानगरपालिकाको आयोजना, धरान खेलकुद विकास समितिको संयोजन तथा जिल्ला टेबुल टेनिस संघको प्राबिधिक सहयोगमा चैत १० गतेदेखि १२ गतेसम्म टेबुल टेनिस प्रतियोगिता हुने भएको छ ।
लीला श्रेष्ठ सुब्बाको स्मृतिमा राष्ट्रिय टेबुल टेनिस खेलको आयोजना हुन लागिएको सोमबार एक पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो ।
खेल संयोजक राजुमान श्रेष्ठका अनुसार प्रतियोगिता पुरुष र महिलातर्फ पहिलो हुनेले ट्रफि र मेडल सहित नगद २०/२० हजार रुपैयाँ हात पार्नेछन् । त्यस्तै, दोस्रोलाई ट्रफि र नगद १० /१० हजार प्रदान गरिनेछ भने तेस्रो हुनेलाई ५/५ हजार प्रदान गरिनेछ ।
धरान उपमहानगरपालिकाका मेयर तिलक राईले खेलको औचित्यमाथि प्रकाश पार्दै समाजमा एउटा छुट्टै पहिचान बनाएका अग्रज ब्यक्तित्वहरुको सम्मान गर्ने उदेश्यका साथ उक्त खेल आयोजना गर्न लागिएको हो ।
यस्तै, जुनियर सिङ्गल, जुनिर गलर्स र भेट्रान सिङ्गलतर्फ पहिलो र १५/१५ हजार, ट्रफि र मेडल दोस्रोलाई साढे सात हजार र तेस्रो हुनेलाई साढे तीन हजार दिइनेछ ।
त्यस्तै, ब्वाइज सिङ्गल र गल्र्स सिङ्गल (१५ वर्ष मुनिलाई) पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः १० /१० हजार, ५/५ हजार र २५/ २५ सय प्रदान गरिनेछ ।












Discussion about this post