इटहरी : अहिले विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई औपचारिक रुपमा नै स्थगित गर्ने तयारी गरेको छ । कोरोनाभाइरसका कारण भ्रमण वर्षसहित समग्र पर्यटन गतिविधिमा असर पर्न थालेपछि भ्रमण वर्ष स्थगित गरी नयाँ रणनीति तय गर्न लागेको पर्यटन मन्त्रालयले जानकारी दिएको छ ।
कोरोनाका कारण विदेशकमा गरिने प्रवद्र्धनात्मक कार्यक्रम रोकेर आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड लिने अल्पकालीन रणनीति तय गरे पनि तत्काललाई यो प्रभावकारी नदेखिएपछि सरकार भ्रमण वर्ष स्थगित गर्न बाध्य बनेको हो ।
Discussion about this post