झापा : झापाका तीन छुट्टाछुट्टै स्थानबाट लागूऔषध ब्राउनसुगरसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका ८ का १९ बर्षीय सरोज सुनुवार र १९ बर्षकै अभिषेक राजवंशीलाई २.४३ ग्राम लागूऔषध ब्राउनसुगरसहित डाँगीवारीबाट पक्राउ गरेको हो ।
यसैगरी ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका ९ का १९ बर्षीय पवन भनिने साईल खानलाई ५ ग्राम लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ । खानलाई अर्जुनधारा नगरपालिका ११ बसपार्कबाट पक्राउ गरिएको हो ।
यस्तै, लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका १३ बाट ३ जनालाई लागूऔषध ब्राउसुगरसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका १५ का ३० बर्षीय कुमोलाल राजवंशी, २४ बर्षीय संजय मुखिया र भद्रपुर नगरपालिका १० का १९ वर्षीय श्रवण मुखिया रहेका छन् । लागूऔषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।












Discussion about this post