मोरङ : मोरङको मिक्लाजुङ गाउँपालिका ६ थामीझोडा बस्ने ५० वर्षीय याम बहादुर बोहोराको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ ।
गएराति १० बजे छिमेकीको घरबाट टेलिभिजन हेरेर घर फर्किने क्रममा जंगलबाट आएका ३ वटा जंगली हात्तीले किल्चेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका उनको उपचारको लागि लैजादैँ गर्दा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











Discussion about this post