Saturday, October 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

योजना बनाएरै इटहरीका कार्कीको हत्या, हत्या गर्नकै लागि भाला बनाउने रेग्मीको यस्तो कर्तुत

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र १८, २०७७
in टाकुरा विशेष, समाचार
0
योजना बनाएरै इटहरीका कार्कीको हत्या, हत्या गर्नकै लागि भाला बनाउने रेग्मीको यस्तो कर्तुत

कार्कीको हत्यामा संलग्न रेग्मीलाई बुधबार सार्वजनिक गर्दै प्रहरी ।

4.4k
SHARES
Share on FacebookShare on Twitter

इटहरी : १६ चैत्र ०७७ मा इटहरी २ स्थित घरमै सुतिरहेको अवस्थामा यहाँका केशव कार्कीको भाला प्रहारबाट हत्या भयो ।

सोही ठाउँका ५१ वर्षीय कान्छा भनिने जीवनाथ रेग्मीले सुतिरहेका कार्कीमाथि भाला प्रहार गरेर हत्या गरेको केहीबेरमै उनलाई प्रहरीले पक्राउ गर्यो ।

भाला प्रहारबाट गम्भीर घाइते भएका ५० वर्षीय कार्कीको उपचारको लागि लैजादैँ गर्दा बाटोमै मृत्यु भयो । घटनालगत्तै क्षेत्रीय कृषि अनुसन्धानमा लुकेर बसेका रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएर सुनसरी जिल्ला अदालतबाट सातदिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

‘पुरानो रिसिइबी साँध्नका लागि योजनाबद्ध रुपमा हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) अर्जुन केसीले टाकुरान्यूजसँग भने, ‘यसअघि सामान्य विवादमा हात हालाहालको स्थिति सृजना भएपछि रिसिइबी साँध्न हत्या गरेको खुलेको छ ।’

डीएसपी केसीका अनुसार मदिराले लठ्ठ भएका रेग्मीले योजनाबद्ध रुपमै हत्या गरेको खुलेको छ । ‘उनले यसअघि पनि पटक–पटक प्रहार गर्ने कोसिस गरेका रहेछन्,’ केसीले भने, ‘प्रहार गर्नकै लागि भाला समेत बनाएर राखेको र यसअघि पनि पटक–पटक प्रयास गर्दा असफल भएपछि घरमै सुतेको अवस्थामा भाला प्रहार गरेको खुलेको छ ।’

प्रहरीका अनुसार रेग्मीले केही समयअगाडिदेखि कार्कीको हत्या गर्ने योजना बनाएका थिए । तर, होलीको दिन भने मदिराले लठ्ठ भएका उनले घरमै सुतिरहेको अवस्थामा भाला प्रहार गर्दा कार्कीको मृत्यु भयो । यसअघि काठ तस्करीको समेत मुद्धा खेपेका रेग्मीको कर्तुतबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । मान्छेको ज्यान लिनकै लागि भाला बनाएका रेग्मीले मनसायप्रेरित घटना गराएको प्रहरीको भनाइ छ । मादकपदार्थ सेवन गरेपनि अगाडिदेखिकै योजनाअनुसार कार्कीको हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

कार्कीको हत्यामा संलग्न रेग्मीलाई बुधबार सार्वजनिक गर्दै प्रहरी ।

‘मान्छेको ज्यान लिनकै लागि उक्त भाला बनाएको स्वीकार गरेका छन्,’ डीएसपी केसीले भने, ‘यसअघिको प्लान फेल भएपछि योजना बनाएर हत्या गरेको देखियो ।’

डीएसपी केसीका अनुसार योजनाबद्ध रुपमा ज्यान केसको सजाय जन्मकैदसम्म हुनसक्छ । उक्त घटना मनसाय प्रेरित घटना भएकाले धेरै सजायको व्यवस्था हुने उनले बताए । ‘कुनै घटना मनसाय र कुनै अभिप्रेरित घटना हुन्छन्,’ उनले भने, ‘मादकपदार्थ सेवन गरेरै भएको घटना धेरै भएपनि प्रायजसो मनसायप्रेरित घटना छन्, यो पनि त्यहीभित्र पर्छ ।’

स्थानीयका अनुसार रेग्मी जंगलको काठ तस्करीमा संलग्न थिए । यसअघि पनि बनमुद्धा खेपेका उनले जंगलबाट दाउरा, काठजन्य वस्तु तस्करी गरेर बेच्ने र त्यहीबाट जीवीकोपार्जन गर्दै आएका थिए । घमण्डी स्वभावका रेग्मीले जंगलबाट ल्याएको दाउरा र काठ बेचेरै हालसम्म जीवीकोपार्जन गर्दै आएको स्थानीय बताउँछन् ।

मान्छेको ज्यान लिन प्रयोग भएको भाला ।

स्थानीयका अनुसार मृतक केशव कार्की भने यसअघि शान्तिनगर सामुदायिक बनका कार्यसमिति सदस्य पनि हुन् । सोही बेला मनमुटाव भएको हुनसक्ने र रिसिइबी साँध्न हत्या भएको हुनसक्ने स्थानीयबासीको भनाइ छ ।

‘कार्की जंगलको कार्यसमितिको सदस्य र टोलको प्रतिनिधि पनि थिए, त्यही बेलामा काठ चोरी गर्दा मनमुटाव भएको हुनसक्छ,’ स्थानीयमध्येका एकले टाकुरासँग भने, ‘काठ तस्करी गर्दा रेग्मीलाई कार्कीले ‘सपोर्ट’ नगरेका कारण पनि हत्या भएको हुनसक्छ ।’

रिसिइबी साँध्न भएको उक्त घटनाले यतिबेला इटहरी २ शान्तिनगरका स्थानीयबासी विक्षिप्त बनेका छन् ।

यो पनि – इटहरीमा भाला प्रहार गरी कार्कीको हत्या, घटनामा संलग्न रेग्मी पक्राउ

यो पनि – इटहरीमा एक व्यक्तिमाथि भाला प्रहार, अवस्था गम्भीर

Tags: #इटहरी#हत्याअपराधटाकुरा विशेष
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण
कला साहित्य

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

by टाकुरा न्यूज । इटहरी
अशोज ३०, २०८३
0

इटहरी : सामाजिक अभियन्ता तथा लेखक पुष्कर थापाद्वारा लिखित पुस्तक ‘प्रश्न अझै बाँकी छ’ इटहरीमा लोकार्पण गरिएको छ । इटहरीस्थित...

कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत
समाचार

कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत

by टाकुरा न्यूज । इटहरी
अशोज ३०, २०८३
0

विराटनगर : ‘विपद्मा सारथी, सङ्कटमा छहा रीः प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस २०८३...

कोशी राजमार्ग अन्तर्गतकाे सेकाहा गाउँ

कोशी राजमार्ग अन्तर्गतकाे सेकाहा गाउँ

अशोज ३०, २०८३
कोशी सरकारले अघि बढायो ६९ बहुवर्षीय योजना, ४ अर्ब ९६ करोडको स्रोत सहमति

कोशी सरकारले अघि बढायो ६९ बहुवर्षीय योजना, ४ अर्ब ९६ करोडको स्रोत सहमति

अशोज ३०, २०८३
सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

अशोज २९, २०८३
जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

अशोज २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

अशोज ३०, २०८३
कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत

कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत

अशोज ३०, २०८३
कोशी राजमार्ग अन्तर्गतकाे सेकाहा गाउँ

कोशी राजमार्ग अन्तर्गतकाे सेकाहा गाउँ

अशोज ३०, २०८३
कोशी सरकारले अघि बढायो ६९ बहुवर्षीय योजना, ४ अर्ब ९६ करोडको स्रोत सहमति

कोशी सरकारले अघि बढायो ६९ बहुवर्षीय योजना, ४ अर्ब ९६ करोडको स्रोत सहमति

अशोज ३०, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    635 shares
    Share 254 Tweet 159
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.