Monday, September 14, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

८ लाख बराबरको सुन लिएर भारतीय कालिगढ सम्पर्कविहीन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र २१, २०७७
in विविध, समाचार
0
८ लाख बराबरको सुन लिएर भारतीय कालिगढ सम्पर्कविहीन

Gold bars

208
SHARES
Share on FacebookShare on Twitter

धरान : करिब साढे ८ लाख रुपैयाँ बराबरको सुन लिएर भारतीय कालिगड सम्पर्कविहीन बनेको सुन व्यवसायीले जनाएका छन् ।

धरान–२ रत्नरोडमा विगत १० वर्षदेखि कार्यरत लारा भनिने भारतीय कालिगड पाँचजना व्यवसायीको ८ लाख ३२ हजार ३५ रुपैयाँ बराबरको सुन लिएर सम्पर्कविहीन बनेका हुन् । ती कालिगडको वास्तविक नामसमेत थाहा नभएको व्यवसायीले बताए ।

व्यवसायीका अनुसार एकजनाको नगद र अन्य चारजनाको सुन लिएर सम्पर्कविहीन बनेका हुन् । धरान–२ स्थित बाराही ज्वेलरीको २५ ग्राम सुन लिएर सम्पर्कविहीन बनेको ज्वेलरीका सञ्चालक रोजन लामिछानेले बताए ।

लामिछानेले १ लाख ८० हजार रुपैयाँ बराबरको सुन लगेको दाबी गरे । त्यस्तै पाथीभरा ज्वेलर्स प्रालिको पनि ३५ ग्राम सुन लगेका छन् । प्रालिका सञ्चालक चक्र सेनचिउरीका अनुसार २ लाख ६२ हजार ७ सय ८५ रुपैयाँ मूल्य बराबरको सुन लिएर बेपत्ता बनेका छन् ।

माता लक्ष्मी ज्वेलर्सको पनि १३ दशमलव १७ ग्राम सुन लिएर हिँडेको सञ्चालक रामकुमार रसाइलीले जानकारी दिए ।

उनले ९९ हजार २ सय ५० रुपैयाँ बराबरको सुन लिएर हिँडेको बताए । कालिगड सुमन गहतराजको पनि ९० हजार बराबरको सुन लिएर भागेको ती व्यवसायीले बताए ।

त्यस्तै एक सुनचाँदी व्यवसायीको दुई लाख रुपैयाँ नगद लिएर हिँडेका छन् । भारतीय कालिगडले सुन लिएर भाग्ने गरेको यो पहिलो घटना नभएको व्यवसायी बताउँछन् । दुई वर्षको अवधिमा तीनपटक व्यवसायीको सुन लिएर गायब हुँदै आएको व्यवसायी बताउँछन् ।

पीडित व्यवसायीले हालसम्म उजुरी दिएका छैनन् । शनिबार (सार्वजनिक बिदाको दिन) उजुरी दिने तयारीमा रहेको उनीहरूले बताए । धरानमा सुनचाँदीको काम गर्ने करिब ५० प्रतिशतभन्दा बढी भारतीय कालिगड छन् ।

भारतीय कालिगडले ३ प्रतिशतमा नै काम गर्ने गरेकाले पनि व्यवसायीले भारतीय कालिगडलाई प्राथमिकता दिने गरेको कालिगड तेजेन्द्र विश्वकर्माले बताए । नेपाली कालिगडले ५–६ प्रतिशत लिने भएकाले भारतीयलाई प्राथमिकता दिने गरेका हुन् । जसका कारण नेपाली कालिगड विस्थापित हुने गरेका छन् ।

ब्लाष्टखबरबाट ।

Tags: #धरानसुन
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ
FEATURE BREAKING

लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ २८, २०८३
0

इटहरी : लेनदेन बिगोसम्बन्धी मुद्दामा दुई वर्ष कैद सजाय तोकिएपछि फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । इलाका...

रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत
Uncategorized

रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत

by टाकुरा न्यूज । इटहरी
भदौ २८, २०८३
0

उदयपुृर । भोटेकोशी बाढीमा नुवाकोटको त्रिशूलीबाट बेपत्ता भएका उदयपुरका ४२ वर्षीय देवेन्द्र घिमिरेको प्रतीकात्मक कुशको शव बनाएर शनिबार अन्त्येष्टी गरिएको...

हाते कल चलाउँदा करेन्ट लागेर एकको ज्यान गयो

हाते कल चलाउँदा करेन्ट लागेर एकको ज्यान गयो

भदौ २८, २०८३
पुस्तकालय स्थापना गर्न लाइब्रेरी फाउण्डेशन र उद्योग वाणिज्य सङ्घबीच सम्झौता

पुस्तकालय स्थापना गर्न लाइब्रेरी फाउण्डेशन र उद्योग वाणिज्य सङ्घबीच सम्झौता

भदौ २८, २०८३
हुङ्गा खोला थुनिएपछि नदी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनकाे अनुराेध

हुङ्गा खोला थुनिएपछि नदी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनकाे अनुराेध

भदौ २८, २०८३
जमिन भासिएर पहिरो : तीन घर बगे, त्रासमा गाउँ

जमिन भासिएर पहिरो : तीन घर बगे, त्रासमा गाउँ

भदौ २८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

यी राशिलाई हुनेछ आज लाभ (राशिफल)

यी राशिलाई हुनेछ आज लाभ (राशिफल)

भदौ २९, २०८३
६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

भदौ २८, २०८३
रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत

रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत

भदौ २८, २०८३
हाते कल चलाउँदा करेन्ट लागेर एकको ज्यान गयो

हाते कल चलाउँदा करेन्ट लागेर एकको ज्यान गयो

भदौ २८, २०८३



लाेकप्रिय

  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    702 shares
    Share 281 Tweet 176
  • लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    443 shares
    Share 177 Tweet 111
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    350 shares
    Share 140 Tweet 88
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.