इटहरी : इटहरीको पुरानो रिसोर्ट रोयल रिसोर्टले आफ्नो १९ औँ वार्षिकोत्सव मनाएको छ । एक कार्यक्रमको आयोजना गरी रिसोर्टले भव्य रुपमा वार्षिकोत्सव मनाएको हो ।
उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलले केक काटेर कार्यक्रमको उद्घाटन गरेका थिए । उनले कार्यक्रममा बोल्दै इटहरीको पुरानो रिसोर्टले आन्तरिक पर्यटक भित्राउन अब्बल भूमिका निर्वाह गरेको बताए ।
उनले इटहरीलाई पूर्वको पर्यटकीय हबको रुपमा विकास गर्नका निम्ति रिसोर्टले महत्वपूर्ण भूमिका निर्वाह गरेको उदृत गर्दै आगामी दिनमा थप सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रममा होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुली, पर्यटन व्यवसायी भवेष श्रेष्ठ लगायतले बोल्दै इटहरीलाई पर्यटकीय हबको रुपमा विकास गरिनुपर्ने र त्यसका लागि उक्त रिसोर्टले भूमिका निर्वाह गरिरहेको बताएका थिए ।

कार्यक्रममा एक दर्जन बढी कर्मचारीहरुलाई सम्मान समेत गरिएको रिसोर्टका सञ्चालक अमृत कार्कीले बताए ।
उनले इटहरीमा १९ वर्ष अगाडि रिसोर्ट गर्न चुनौती रहेपनि हाल होटल व्यवसायमार्फत आन्तरिक पर्यटकलाई मनोरञ्जन दिलाउन सकिने बताए ।
रिसोर्टका अप्रेशन म्यानेजर आरोन कार्कीले हाल तीन सय भन्दा बढी मानिस अट्ने गरी सभाहल निर्माण हुँदै गरेको जानकारी दिए । उनका अनुसार रिसोर्टमा पारिवारिक वातावरणमा मनोरञ्जन लिन सकिनेछ ।
वार्षिकोत्सव कार्यक्रममा लाइभ म्यूजिक समेत आयोजना गरिएको थियो । इटहरीको अफ्ट्यारो ब्राण्डले लाइभ म्यूजिक आयोजना गरेको थियो ।














Discussion about this post