धरान : सुनसरीको धरान उपमहानगरपालिका ८ तिनकुनेबाट नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित १ जनालाई प्रहरीले प्रकाउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय धरानबाट चेकजाँचमा गएको प्रहरीको टोलीले धरान ९ का ३५ बर्षीय मुन्ना खान भनिने अलि मुजुजा अहमदलाई DIALEX-DC 100 ml को १५ बोतल र SPASMO PROXYVON Plus ७२० क्याप्सुल लागुऔषध सहित पक्राउ गरेको हो ।
पक्राउ परेका अहमदको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।












Discussion about this post