Friday, April 24, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विचार

नेपालमा कलेजो प्रत्यारोपण

प्रा.डा. संजय सिंह नेगी  

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र ४, २०७६
in विचार, विविध
0
नेपालमा कलेजो प्रत्यारोपण
304
SHARES
Share on FacebookShare on Twitter

काठमाडौैंः नेपालमा दिन प्रतिदिन कलेजोसँग सम्बन्धित समस्या बढीरहेको छ । नेपाल र भारतमा हुने मृत्युको २० प्रमुख कारणहरुमा कलेज सम्बन्धि समस्या नवौं स्थानमा पर्दछ । चिकित्सा विज्ञानमा भएको नविनतम उपचार प्रविधिले केही हदसम्म समस्या समाधान गर्न सजिलो भने भएको छ ।

मोटोपन, मधुमेह, असन्तुलित र अनुचित आहार र अस्वस्थकर जीवन शैलिका कारण कलेजोमा बोसो जम्मा हुन्छ । त्यही वोसोको कारण कलेजो विग्रने गरेको पाइन्छ । कलेजो सम्बन्धी रोग जुनसुकै उमेर समुहका व्यक्तिलाई हुनसक्छ ।
कलेजो प्रत्यारोपण गर्दा आमाशयको माथिल्लो भागमा चिरेर विग्रेको कलेजो हटाइन्छ र त्यही ठाउँमा नयाँ कलेजो प्रत्यारोपण गरिन्छ । यसलाई रक्तनली र वाइल डक्टसँग जोडिन्छ । एउटा स्वस्थ प्रत्यारोपण पछी त्यो फेरी सामान्य अवस्थामा आउँछ । कलेजो प्रत्यारोपण गर्न झण्डै १२–१४ घण्टाको समय लाग्दछ ।

कलेजो प्रत्यारोपण कस्तो अवस्थामा गर्ने ?

  • अल्कोहोलिक सिरोसिस (जाँड रक्सीको कारण विग्रेको कलेजो) भएको अवस्थामा

  • हेपाटाईटिस बी÷सीको संक्रमणले कलेजोमा कडापन भएमा,

  • जन्मजात कलेजो र वाइल डक्ट विकृती देखिएमा,

  • एक्युट लिभर कोलियर भएमा ।

सामान्यतया कलेजो कडा हुने कारणहरु:

  • कलेजोमा इन्फेक्सन/संक्रमण,

  • अत्याधिक जाँडरक्सी सेवन,

  • हेपाटाईटिस बी÷सी ले गर्दा,

  • कलेजोमा अत्याधिक वोसो जम्नु ।

कलेजो फेल हुँदा देखिने लक्षणहरुः

कुनै पनि स्वस्थ व्यक्ति असामान्य रुपमा अन्य समयमा भन्दा बढी थकित महसुस गर्दछ भने कलेजो बिग्रीएको लक्षण   हो । सामान्य अवस्थामा जन्डिस देखापर्ने लगायतका कारण पनि कलेजो बिग्रन्छ । सामान्यतया खानामा रुची नहुनु, कमजोरी महसुस हुनु, वाकवाकी लाग्नु, तौल घट्नु, मांसपेशीहरुमा नोक्सानी हुनु, प्रायजसो शरिर चिलाउनु तथा शरिरको कुनैपनि भागबाट सजिलैसँग रगत बग्ने जस्ता कारणहरु कलेजो फेल हुने बेलामा देखा पर्ने लक्षणहरु हुन् ।

कलेजो दान गर्ने व्यक्ति
सामान्यतया विरामीलाई कलेजो प्रत्यारोपण गर्नुभन्दा पहिले डोनरको केही आधारभुत जाँचहरु गरिन्छ । सवै रिपोर्टहरु राम्रो आएमात्र ति व्यक्ति कलेजो दान गर्न योग्य हुन्छन् । यससँगै कलेजो दान दिने व्यक्तिका हकमा यी नियम लागू   हुन्छ :

  • जीवनसाथी÷नाता—गोताभित्र परेका हुनुपर्छ ।

  • पूर्ण रुपमा स्वस्थ व्यक्ति हुनुपर्छ ।

  • १८ वर्ष भन्दा माथि र ५५ बर्ष भन्दा कम उमेरको हुनुपर्छ ।

  • शरीरको बडी मास इन्डेक्स (बिएमआई) सामान्य भएको हुनुपर्छ ।

  • मोटो नभएको व्यक्ति हुनुपर्छ ।

कलेजो दाता हुनका लागि स्वास्थ्य अवस्था

  • हेपाटाईटिस बी, हेपाटाईटिस सी र एचआईभी संक्रमण नभएको,

  • अत्याधिक जाँडरक्सी सेवन नगर्ने,

  • लागु पदार्थ सेवन नगर्ने,

  • मानसिक स्वास्थ्य नविग्रिएको,

  • पुख्र्यौली क्यान्सर नभएको हुनुपर्छ ।

मानव शरिरमा कलेजोले गर्ने कामहरु :

  • रगतलाई जम्न मद्दत गर्ने प्रोटिनको विकास गर्दछ ।

  • भिटामिन, वोसो र चिनीलाई संरक्षित राख्दछ ।

  • शरिरको प्रतिरक्षा प्रणालीलाई आफ्नो नियन्त्रणमा राख्दछ ।

  • शरिरमा बोसो, कोलेस्ट्रोल र वोसोमा घुलमिल गर्नको लागि सघाउने पित्तको विकास गर्दछ ।

  • शरिरलाई संक्रमण हुनबाट बचाउछ ।

क्याडेवर प्रत्यारोपणः

अमेरिका/यूएईमा क्याडेवर प्रत्यारोपण प्रचलित छ । दुर्भाग्यवस नेपाल र भारतमा मृत डोनरको कलेजो उपलब्ध न्युन रहेको छ । आफ्नो संचार समुहको आधारमा आफ्नो नयाँ कलेजो प्राप्त हुन १२–१६ महिना सम्म लाग्न सक्दछ ।
यस अवधिमा ब्याक्टेरियाको समस्याले संक्रमण हुने र बारम्वार समस्या आउन सक्छ । जसमा कुपोषण, रक्तअल्पता, आमाशयबाट रक्तश्राव, पोलियो मस्तिष्क र किड्नीमा संक्रमण हुन सक्दछ ।

कलेजो क्यान्सरका लक्षणहरुः

  • बिना व्यायम तौल घट्नु,

  • तौल घटेपछि वाकवाकी लाग्नु/उल्टी हुनु,

  • कलेजो ठूलो हुनु,

  • पेटमा दुखाई महसुस हुनु,

  • पेटमा अत्याधिक पानी जम्नु,

  • छाला र आँखा पहेंलो हुनु,

  • Spleen बढी दायाँ छेउको करङ्गमा ठूलो महसुस हुनु ।

नेपालमा कलेजो प्रत्यारोपणः
नेपालमा कलोजो प्रत्यारोपणको लागि अहिले सेन्टर नै खोलि सकिएको छ । नेपालमा कलेजो प्रत्यारोपण गर्न जनशक्तिको संख्या न्युन छ । अन्य जनशक्तिहरुलाई पनि कलेजो प्रत्यारोपण सम्बन्धी तालिम दिन सकिए नेपालका विरामीहरु आफ्नै देशमा उपचार गराउन सक्दथे । कलेजो प्रत्यारोपण बढी खर्चिलो भएकोले उपचारमा विदेशिने पैशा आफ्नै देशमा खर्च हुन्थ्यो र देशलाई पनि फाइदा हुन्थ्यो ।

नेपालले चाँही कलेजो प्रत्यारोपणमा लाग्ने जनशक्तिलाई समय–समयमा विभिन्न ठाउँमा प्रशिक्षणमा पठाउनु अत्यन्त आवश्यक छ । यसबाट यो क्षेत्रका जनशक्तिको कमी हुँदैन । अहिले जति पनि जनशक्ति यो क्षेत्रमा कार्यरत छन्, त्यो भन्दा बढी जनशक्ति उत्पादन गरि नेपालमा अहिले तत्कालै १–२ ठाउँमा कलेजो प्रत्यारोपण सेन्टर खोली सफलता हासिल पार्नु आवश्यक छ । त्यसको लागि सरकारले आवश्यक बजेट विनियोजन गरि योजना बनाउन आवश्यक छ ।

बिश्व विख्यात कलेजो प्रत्यारोपण सर्जन , प्रा.डा. संजय सिंह नेगी (दयानन्द मेडिकल कलेज तथा अस्पताल पञ्जाव भारत ) सँग गरिएको कुराकानीमा आधारित ।

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा ई–रिक्सा चालकहरूलाई ट्राफिक सचेतना 
विविध

इटहरीमा ई–रिक्सा चालकहरूलाई ट्राफिक सचेतना 

by टाकुरा न्यूज । इटहरी
बैशाख ११, २०८३
0

इटहरी : ई–रिक्सा सुरक्षित सञ्चालन प्रवर्द्धन गर्ने उद्देश्यले राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले ई–रिक्सा चालकहरूलाई लक्षित गरी ट्राफिक...

पर्यटकको पर्खाइमा भोजपुरको मुन्धुम पदमार्ग (फोटोहरूसहित)
विविध

मुन्दुम पदमार्गमा ११ देशका स्रष्टाहरूद्धारा पदयात्रा

by रासस
बैशाख १०, २०८३
0

भोजपुर : नेपालका सातै प्रदेशका र विभिन्न ११ देशका स्रष्टाहरूले मुन्दुम पदमार्गमा एकसाथ पदयात्रा गरेका छन् । मुन्दुम पदमार्ग प्रवर्द्धनसम्बन्धी...

विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता

विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता

बैशाख ८, २०८३

एक सय १० मेगावाटको दुधकोशी पाँचौँ जलविद्युत् आयोजना निर्माण हुने

बैशाख ७, २०८३
पाँचथरको चौँरी महोत्सव : पर्यटन र आम्दानी दुवै, गोठ नै बने ‘गोठबास’

पाँचथरको चौँरी महोत्सव : पर्यटन र आम्दानी दुवै, गोठ नै बने ‘गोठबास’

बैशाख ७, २०८३
छोरी–बुहारीलाई निःशुल्क स्नातक पढाएर रोजगारी दिँदै सूर्योदय नगरपालिका

पठन संस्कृति विकास गर्न दुई वर्षे अभियान सुरु, २१४ विद्यार्थी र ३५ शिक्षक सहभागी

बैशाख ६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

कोशी प्रदेशमा दैनिकजसो समातिन्छन् लागूऔषध कारोबारी, ठूलो परिमाणमा गाँजा र ट्याब्लेट बरामद

बैशाख ११, २०८३
इटहरीमा ई–रिक्सा चालकहरूलाई ट्राफिक सचेतना 

इटहरीमा ई–रिक्सा चालकहरूलाई ट्राफिक सचेतना 

बैशाख ११, २०८३
सुनसरीमा भन्सार छलीको सामानसहित मोटरसाइकल बरामद, तस्कर फरार

सुनसरीमा भन्सार छलीको सामानसहित मोटरसाइकल बरामद, तस्कर फरार

बैशाख ११, २०८३
विराटनगरमा १ अर्ब १५ करोडका योजना सञ्चालन

विराटनगरमा फुटपाथ खाली गराउन महानगरको कडाइ, साना व्यावसायी विस्थापनको जोखिम

बैशाख ११, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1386 shares
    Share 554 Tweet 347
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    610 shares
    Share 244 Tweet 153
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    386 shares
    Share 154 Tweet 97
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    376 shares
    Share 150 Tweet 94

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.