इटहरी : इटहरीका एकजनासहित सुनसरीका तीनजना कोरोना संक्रमितको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको छ ।
वीपी प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणि पोखरेलका अनुसार मृतक तीनै जना संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो ।
प्रतिष्ठानका अनुसार इटहरी ९ का ७६ वर्षीय पुरुषको गएराति ११ बजेर ३० मिनेटमा मृत्यु भएको छ ।
उनको गएराति मृत्यु भएपनि आज अबेर मात्रै औपचारिक जानकारी गराएको हो । उनलाई वैशाख २६ गते संक्रमण पुष्टि भएको थियो भने प्रतिष्ठानमा २८ गते हिजो मात्र भर्ना गरिएको थियो ।
त्यस्तै, सुनसरीको बराहक्षेत्र ५ का ८२ वर्षीय महिलाको आज बिहान साढे ६ बजे मृत्यु भएको थियो । दीर्घ रोगी रहेकी वृद्धालाई बैशाख १२ गते संक्रमण पुष्टि भएको थियो भने प्रतिष्ठानको कोभिड अस्पतालमा १७ गते भर्ना गरिएको थियो ।
यस्तै, आज दिउँसो ४ बजेर १५ मिनेटमा गढी गाउँपालिका ६ सुनसरीका ७१ वर्षीय वृद्धको पनि मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । मृतक सबैको शवलाई नियम अनुसार व्यवस्थापन गरिएको प्रतिष्ठानले जनाएको छ ।












Discussion about this post