खोटाङ : खोटाङ हलेसी तुवाचुङ नगरपालिका ११ राजापानीबाट भरुवा बन्दुक र भरुवा बन्दुक बनाउन प्रयोग गरिने अन्य सामाग्रीसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही स्थानका ४२ वर्षीय डम्बर बहादुर कार्की, ३५ वर्षीय दोर्ण कार्की, २६ वर्षीय रवीन्द्र कार्की र ७४ वर्षीय कृष्ण बिक रहेका छन् ।
गएराति १० बजे विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी निरीक्षकसहितको टोली खटि गई डम्बर, दोर्ण र रवीन्द्रलाई भरुवा बन्दुक थान ३, मरेको मृगको टाउको, सालकको खपेटा र भरुवा बन्दुकमा प्रयोग हुने सलाई, सोडा, गन्धक, छर्रा लगाएतका पदार्थहरु सहित नियन्त्रणमा लिएको छ ।
त्यस्तै, बिकलाई भरुवा बन्दुकको नाल थान ५, भरुवा बन्दुकको बट थान १ लगाएत भरुवा बन्दुक बनाउन प्रयोग हुने औजारहरु सहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका ४ जना उपर जिल्ला प्रहरी कार्यालय खोटाङबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post