इटहरी : इटहरीबाट एक व्यक्ति हराएका छन् । इटहरी ८ निवासी ७४ वर्षीय बाबुराम चौधरी हराएका हुन् ।
इलााका प्रहरी कार्यालय इटहरीका अनुसार वैशाख १५ गतेदेखि घरबाट निस्किएपनि हालसम्म उनी नभेटिएपछि खोजी गर्नका लागि चौतर्फी जानकारी गराइएको छ ।
परिवारले वैशाख २० गते प्रहरीमा उजुरी दिएका थिए । तर, हराएका चौधरी हालसम्म नभेटिएपछि खोजी गर्नका लागि प्रहरीले चौतर्फी सूचना जारी गरेको हो ।
बाबुरामकी श्रीमती महाबती चौधरीका अनुसार उचाई ५ फिट ५ इन्च कपाल कालो सेतो, मझौलो शरीर, दाहिने आँखाको छेउमा कालो कोठी भएका उनले सेतो सर्ट र खैरो कट्टु लगाएका छन् ।
कसैले कहिँकतै भेटेमा आफन्त बद्री पेस्करको ९८४२०३६७५२ र ९८०४०७२५६१ मोबाइल नम्बरमा खबर गर्न समेत प्रहरीले अपिल गरेको छ ।




















Discussion about this post