इटहरी : हुण्डी कारोबारमा संग्लग्न रहेको आरोपमा तीनजनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।
आज दिउँसो मोरङको विराटनगर महानगरपालिका ११ रोडषेश चोकबाट २१ लाख भन्दा बढी रकमसहित तीनजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा विराटनगर १३ का २५ वर्षीय श्रवण साह र रंगेली नगरपालिका १ की २५ वर्षीया जिज्ञासा चौधरीलाई सोधपुछ गर्ने क्रममा हुण्डी कारोबारबाट प्राप्त रकम रहेको खुल्न आएसंगै उक्त कार्यमा संग्लग्न विराटनगर १३ का ३३ वर्षीय अमृतकुमार साह सुडी रहेका छन् ।
साह र चौधरीको साथबाट प्रहरीले नेपाली रुपैयाँ २१,७१,५००।– एकाईस लाख एकत्तहर हजार पाँच सय र भारतीय रुपैयाँ २३,०००।– तेईस हजार तथा बिभिन्न बैँकका चेकहरु बरामद गरेको मोरङ प्रहरीले जनाएको छ ।
त्यस्तै, अमृत कुमारको घर कोठा खानतलासी गर्दा मोबाइल तथा नगद डिपोजिट रसिद बरामद भएको छ ।
पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीको लागी राजश्व अनुसन्धान कार्यालय इटहरी बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।











Discussion about this post