उदयपुर : उदयपुर त्रियुगा नगरपालिका ७ धरमपुरबाट लागूऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही स्थानका १९ वर्षीय अमिर खड्का र २० वर्षीय सुरज कार्की रहेका छन् ।
शुक्रबार दिउँसो २ बजे बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई लागूऔषध PHENERGAN १२ एम्पुल, NOOPHIN १२ एम्पुल र DIAZELAB १२ एम्पुलसहित पक्राउ गरेको हो ।
पक्राउ परेका दुवैजनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post