विराटनगर : विराटनगर १६ दरैयाबाट लागूऔषधसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार बेलुका ९ बजे दरैया पोष्टबाट खटिएको प्रहरी टोलीले सोही स्थानका ४३ वर्षीय सजजु साहीलाई DIALEX – DE २ बोतल, NITRAVET ३० ट्याब्लेट, SPASMO-PROXYVON PLUS ८ ट्याब्लेटसहित प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका साहीलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post