इटहरी : नेपाल विद्यार्थी संघ सुनसरीले गलत समाचार प्रकाशित भएको भन्दै आपत्ति जनाएको छ ।
एक विज्ञप्ति जारी गर्दै नेविसंघ सुनसरीका उपसभापति नवराज ढुंगानाले गलत समाचार प्रकाशित गरेकाले आपत्ति जनाएका हुन् ।
एक राष्ट्रिय पत्रिकाले नेपाली कांग्रेस सुनसरी सदस्य समेत रहेका धरानका नेता किशोर राईको नाम जोडेर झुटो अफवाह फैलाएकाले आपत्ति जनाइएको विज्ञप्तिमा उल्लेख छ ।
ज्येष्ठ ४ गते ‘सर्दुको १८२ बिघा फिर्ता’ शीर्षकको समाचारमा राईको नाम जोडेर अफवाह फैलाइएकाले गलत समाचारको पछि नलाग्न विज्ञप्तिमा उल्लेख गरिएको नेविसंघले जनाएको छ ।














Discussion about this post