इटहरी : नेपालमा पछिल्लो २४ घण्टामा थप ८,६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, १६९ जनाको मृत्यु भएको छ ।
देशभरका प्रयोगशालामा २२ हजार ३०६ नमुनाको पीसीआर टेष्ट गर्दा ८३८७ र ६३० एन्टिजेन टेष्ट गर्दा २४९ जना गरी ८,६३६ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ६,४०४ जना निको भएका छन् ।
हालसम्म देशभर ५ लाख २८ हजार ८४८ संक्रमित भएका छन् । उनीहरुमध्ये ४ लाख ४ हजार ८८७ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै, ६,७०० को मृत्यु भएको छ ।














Discussion about this post