झापा : लागूऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । झापा गौरीगञ्ज गाउँपालिका २ लालमाटीमा प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरी टोलीले मंगलबार बेलुका साढे ५ बजे लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सोही स्थानका २५ वर्षीय लोकेन्द्र खड्का र सोही स्थानका २४ वर्षीय कमल दाहाल रहेका छन् ।
उनीहरुले तरकारी बोकेको झोलाभित्र लागूऔषध ल्याबोरेट कोहीनफस्पेट (कोरेक्स) १२ बोतल, WIN Spasmo48 -२८ ट्याब्लेट र Nitravet -३० ट्याब्लेट फेला पारेको हो ।
पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले छ ।












Discussion about this post