इटहरी : जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा थप एकसाता लकडाउन गर्ने निर्णय गरेको छ । प्रशासनको शुक्रबार बसेको बैठकले आगामी जेठ २२ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको हो ।
यसअघि जेठ १५ गतेसम्म मात्रै लकडाउन गर्ने निर्णय भएको थियो ।
एक साता अवधिभर बजार, पसल, हिँडडुलमा रोक लगाइएको प्रशासनले जनाएको छ । बैठकले सरकारले ल्याएको नयाँ अध्यादेश अनुसार निषेधाज्ञा उल्लंघन गर्नेलाई कारबाही गर्ने निर्णय समेत गरेको छ ।
सरकारले ल्याएको कोभिड संकट व्यवस्थापन अध्यादेश २०७८ मा भएको व्यवस्था नमान्नेलाई १ लाख देखि १ बर्षसम्म जरिवानाको व्यवस्था छ भने मोटरसाइलको हकमा २ हजार, अरु सवारीलाई ५ हजार जरिवाना गर्ने व्यवस्था भएको बैठकले निर्णय गरेको छ ।
यसअघि प्रशासनले जेठ १५ गतेसम्मका लागि मात्रै लकडाउन गर्ने निर्णय गरेको थियो ।













Discussion about this post