इटहरी : सुनसरीमा १२१ सहित प्रदेश १ मा आज थप ७०१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ भने ९९५ जनामा सङ्क्रमणमुक्त भएका छन्।
थपिएका संक्रमितमध्ये मोरङमा २०६, झापामा २०५, सुनसरीमा १२१, धनकुटामा ५५, सङ्खुवासभामा ४०, खोटाङमा १३, इलाममा ८, उदयपुरमा ५, पाँचथर र भोजपुरमा ३–३, तेह्रथुममा २, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ३९ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मोरङको विराटनगरमा १४५, सुन्दरहरैँचामा २५, कटहरीमा ११, बुढीगंगामा १०, बेलबारीमा ४, मिक्लाजुङ र ग्रामथानमा २–२, पथरीशनिश्चरे, रंगेली, धनपालथान, जहदा, उर्लाबारी र स्थानीय तह नखुलेका १–१, झापाको दमकमा ५८, बिर्तामोडमा ३९, भद्रपुरमा २३, अर्जुनधारामा २१, शिवसताक्षीमा ११, कनकाईमा १५, मेचीनगरमा १२, बुद्धशान्तिमा ८, बाह्रदशीमा ७, गौरीगञ्ज र कमल गाउँपालिकामा ३–३, कचनकवल र स्थानीय तह नखुलेका २–२, गौरादहमा १ जनामा संक्रमण देखिएको छ ।
यस्तै, सुनसरीको धरानमा ५३, इटहरीमा ४३, दुहबीमा ६, बर्जूमा ५, इनरुवा र बराहक्षेत्रमा ४–४, रामधुनीमा ३, गढी र स्थानीय तह नखुलेका २–२ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
त्यस्तै, धनकुटाको शहिदभूमीमा २०, धनकुटा नगरपालिकामा १९, महालक्ष्मीमा ८, पाख्रिवासमा ५, छथरमा २ र स्थानीय तह नखुलेका १, सङ्खुवासभाको पाँचखपनमा २०, खाँदबारीमा १३, धर्मदेवीमा ४, सिलिचोङ, मकालु र सभापोखरीमा १–१, खोटाङको खोटेहाङमा १२ र स्थानीय तह नखुलेका १, इलामको इलाम नगरपालिका र चुलाचुलीमा २–२, माई, सूर्योदय, माङ्सेवुङ र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, उदयपुरको त्रियुगामा ३, स्थानीय तह नखुलेका २, पाँचथरको फिदिममा २ र स्थानीय तह नखुलेका १, भोजपुरको भोजपुर नगरपालिकामा ३, तेह्रथुमको लालीगुराँसमा २, ताप्लेजुङको फुङलिङमा १ र प्रदेश १ बाहिरका ३९ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १९ हजार ९८७ पुगेको छ।














Discussion about this post