झापा : झापा बुद्धशान्ती गाउँपालिका ३ धाईजन चौकबाट प्रहरीले लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही स्थानका ३१ वर्षीय भीमल बस्नेत र २९ वर्षीय विशाल बस्नेत रहेका छन् । शनिबार बेलुका उनीहरुलाई लागूऔषध ब्राउनसुगर २ ग्राम ४०० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post