इटहरी : शारीरिक रुपमा अशक्त एक नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) अर्जुन केसीका अनुसार हिजो (मंगलबार) एक नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजनालाई आज बिहान पक्राउ गरिएको हो । उनका अनुसार पक्राउ पर्नेमा इटहरी ३ सुनौलो बस्तीका ६७ वर्षीय गाईने भन्ने भागिराज दमाई रहेका छन् ।
‘प्रहरीको प्रारम्भिक अनुसन्धानबाट दमाईले ९ वर्षीया शारीरिक तथा मानसिक रुपमा अशक्त हिड्न र बोल्ने नसक्ने नाबालिकालाई जवरजस्ती करणी गरेको खुलेको छ,’ डीएसपी केसीले फोन सम्पर्कमा भने, ‘घटनापश्चात फरार रहेका उनलाई आज बिहान पक्राउ गरिएको हो ।’
पक्राउ परेका बृद्धमाथि आजै सुनसरी जिल्ला अदालत सुनसरीबाट जबरजस्ती करणी मुद्दा अन्तरगत म्याद थप गरी प्रहरीले अनुसन्धान बढाएको केसीले जानकारी दिए ।
ती बालिकाको आमा, बुवा समेत नरहेकाले उनी फुपूको घरमा बस्दै आएको प्रहरीले जनाएको छ ।














Discussion about this post