झापा : झापाको बिर्तामोड नगरपालिका ९ धौलापुरबाट नियन्त्रित लागूऔषध ब्राउनसुगरसहित तीनजना पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरी टोलीले को ३ प १५३६ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्ने क्रममा मोटरसाएकलमा सवार रहेका अर्जुनधारा नगरपालिका ५ का ३० वर्षीय पशुपती राजवंशी, २८ वर्षीय दीपक चौधरी र एक १७ वर्षीय किशोरलाई बिहीबार राती ७ बजे १ ग्राम नियन्त्रित लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।












Discussion about this post