उदयपुर : उदयपुरको कटारी नगरपालिका–५ बरमझियाका बालबहादुर थापा दीर्घरोगका बिरामी हुन् ।
दीर्घरोगी उनको मत्यु भएपछि छिमेकीले कोरोनाको आशंकामा उनको शव छुन नमानेपछि दुई छोरीले आफैँले शबयात्रा गरि दाह संस्कार गरेका छन् । उनको छोरी भगवती र कुमारीले शबयात्रा पछि दागबत्ती दिएर अन्तिम संस्कार गरेका हुन् ।
आफन्त र दाजुभाइ नहुँदा उदयपुरको कटारी नगरपालिका–५ बरमझियाका दुई जना दिदी बहिनीले सोमबार बुबाको मृत्युपछि आफैंले शबयात्रा गरी दाहसंस्कार गरेका हुन् ।
स्थानीय ६० वर्षीय बालबहादुर मगरको मृत्युपछि छिमेकीले शव छुन नमानेपछि १७ र २० वर्षीया छोरीले नै दाहसंस्कार गरेका हुन् ।
दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्दै आएका बालबहादुरको परिवार २०६१ सालतिर ओखलढुंगाबाट त्यहाँ आएर बसेका थिए ।














Discussion about this post