इटहरी डेक्स : झापा र इलाममा प्रतिबन्धित लागूऔषध ब्राउन सुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आईतबार दिउसो ईलाका प्रहरी कार्यालय दमकबाट गएको प्रहरी टोलीले झापाको कमल गाऊपालिका ३ का २२ बर्षीय बले भन्ने प्रज्वल बानियालाई लागुऔषध ब्राउन सुगर ४ ग्राम सहित आफ्नै घरबाट पक्राउ गरेको हो ।
त्यसैगरि आईतबार नै प्रहरी चौकी दानाबारीबाट गएको प्रहरी टोलीले इलाम माई नगरपालिका ४ शंकरगाउँ बाट लागूऔषध ब्राउन सुगर ५ ग्राम सहित सोही स्थान ८ का २८ बर्षीय महेश थापा, ३० बर्षीय कुविरसिंह तामाङ, सोही स्थान १ का २२ बर्षीय रुपेश कुमार खत्री र ३ का २३ बर्षीय सुदिप कुमार दनुवारलाई पक्राउ गरिएको हो ।
प्रहरीले उनिहरुले प्रयोग गरेको प्रदेश १– ०१३ प ७२२२ र ना .३२. प ६९१९ नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post