इटहरी : गाँजा ओसार पसार तथा बेचबिखनमा संलग्न ६ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । पक्राउ पर्ने मध्ये तीन जना भारतीय नागरीक रहेका छन् ।
पक्राउ पर्नेमा भारतीय नागरिक भारत अररिया फार्बिजगन्ज का १९ वर्षीय सोनु कुमार यादव, अररिया पिर्पाघाट विशनपुर का २८ वर्षीय जयराम यादव र अररिया नरपथगन्ज सोनापुरका ३० वर्षीय रन्जित भन्ने प्रिन्स विचितर कुमार रहेका छन् ।
त्यस्तै, सुनसरी देवानगन्ज–१ का ४० वर्षीय उमेश यादव, धनकुटा सहिदभुमि गाउँपालिका–१ का ३२ वर्षीय रुद्र राई र धरान –१३ स्थित सुम्निमा चोकका ४५ वर्षीय सूर्य राईलाई प्रहरीले गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले पक्राउ परेकाहरुको साथबाट नेपाली नगद ७ लाख १६ हजार ६ सय भारतीय नगद २ हजार लगायत विभिन्न कम्पनीको ६ थान मोबायल समेत फेला पारी बरामद गरेको छ ।
प्रहरीले थप अनुसन्धान गर्ने क्रममा लागूऔषध गाँजा ओसार पसारमा प्रयोग गरेको को १ च २४१२ नम्बरको मारुती भेन र उनीहरुले विराटनगर महानगरपालिका ६ रामपुर स्थित झाँडीमा लुकाई छिपाई राखेको १८ केजी गाँजा समेत फेला पारी बरामद गरेको छ ।
पक्राउ परेका ६ जना उपर लागूऔषध कसूरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post