इटहरी : गृह मन्त्रालयले नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) हरूको सरूवा निकालेको छ।
सोमबार मन्त्रालयले सात वटै प्रदेशका डिआइजीहरूको सरूवा निकालेको हो।
सरूवा सूचीअनुसार केन्द्रीय अनुसन्धान ब्युरोमा डिआइजी धिरजप्रताप सिंहको सरूवा भएको छ। उनी प्रदेश २ मा कार्यरत् थिए।
ब्युरोमा कार्यरत् सहकुलबहादुर थापाको प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय निर्देशनालयमा सरूवा भएको छ।
प्रदेश १ मा अरुणकुमार बिसीको सरूवा भएको गृह मन्त्रालयले जनाएको छ। उनी अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा थिए।
उमेश रञ्जितकारको २ नम्बर प्रदेशमा सरूवा भएको छ। रञ्जितकार हालका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको ब्याचका डिआइजी हुन्।
यस्तै, गण्डकी प्रदेशमा डिआइजी दिवेश लोहनीको सरूवा भएको छ।
प्रहरी प्रधान कार्यालयले २ नम्बर प्रदेशमा लोहनीको सरूवा गर्न खोजेको थियो। तर, गृह मन्त्रालयले उनको सरूवा गण्डकी प्रदेशमा गरेको हो।
विशेष ब्युरोमा कार्यरत् प्रकाशजंग कार्कीको बागमती प्रदेशमा सरूवा भएको छ।
कसको सरूवा कहाँ? हेर्नुहोस्














Discussion about this post