इटहरी : जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कमल थापाको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार एसपी थापासहित ५२ जना एसपीको सरुवा गरेको हो ।
सुनसरीका प्रहरी प्रमुख रहेका थापाको काठमाडौं उपत्यका प्रहरी कार्यालय तालिम अन्वेषण विकास तथा समन्वय शाखा रानीपोखरी सरुवा भएको हो ।
थापाको स्थानमा संजयसिंह थापा सुनसरी प्रहरी प्रमुख भएर आउने भएका छन् ।
यहाँ आउन लागेका उनी हाल अख्तियर दुरुपयोग अनुसन्धान आयोगको केन्द्रिय कार्यालय प्रहरी महाशाखा टंगाल काठमाडौमा कार्यरत छन् ।














Discussion about this post