इटहरी : विराटनगर १६ दक्षिण गेट बाट लागूऔषधसहित सुनसरीका एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ लागूऔषध सहित सुनसरीका एकजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सुनसरी चक्रघट्टी ७ का ३२ वर्षीय राजकुमार मगर रहेका छन् ।
उनले बोकेको झोलामा खानेतेलको गिलेनमा एभिल ७७ एम्पुल, लुपिजेसिक ७५ एम्पुल, डाइजाल्याप ७५ एम्पुल र फेनारगन ७८ एम्पुल फेला परेको थियो ।
पक्राउ परेका मगरलाई इलाका प्रहरी कार्यालय रानीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।












Discussion about this post