झापा : मेचीनगर नगरपालिका ५ पिपल चोक बाट लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट गएको प्रहरीको टोलीले लागूऔषध ब्राउन सुगर सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २९ बर्षीय राम बहादुर निरौला रहेका छन् ।
हिजो दिउसो निरौलालाई लागूऔषध ब्राउन सुगर ३९ ग्राम र तौल गर्ने डिजिटल तराजु थान १ सहित पक्राउ गरिएको हो ।
पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post