Saturday, April 25, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विचार

लकडाउनमा घर बसाइको बेला हामीले के पाठ सिक्ने !

विशाल रेग्मी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र २०, २०७६
in विचार, समाचार
0
लकडाउनमा घर बसाइको बेला हामीले के पाठ सिक्ने !
904
SHARES
Share on FacebookShare on Twitter

हामी आम मानिस ईश्वरका सन्तान हौँ । ईश्वरकै अधिनमा हामी चलिरहेका हुन्छौं । विभिन्न पेशा व्यवसाय श्रम गरेर आपm्नो दैनिकी जीवन निर्वाह गरिरहेका हुन्छौं ।
यसबेला धेरै घरमा चुल्लो बल्दैन, खानलाई खानेकुरा छैन । दैनिक श्रम गरेर खानेको श्रम रोजगार व्यवसाय व्यापार चौपट भएको छ । देशको अर्थतन्त्र डामाडोल भएको छ । देशमा विभिन्न संकटहरु आइपरेको कुरा आम नेपालीलाई सर्वविधितै रहेको छ । २०७२ सालको विनासकारी महाभुकम्प देखि सोही बर्ष भारतीय नाकाबन्दी । र, अहिले आएर कोरोना भाइरस (कोभिड–१९) ले देश ग्रसित बनेको छ । विश्व समुदायमा भयावह अवस्था निम्त्याएको छ ।
विश्वका शक्तिशाली राष्ट्रलाई नै त्रसित बनाइरहेको यो महामारीले गर्दा देश सङ्कटको अवस्थामा परेको छ । यो भन्दा पहिला पनि पहिलो र दोश्रो विश्वयुद्धमा प्रत्यक्ष रुपमा यति धेरै राष्ट्र प्रभावित भएका थिएनन् । तर, अहिले कोभिड–१९ ले विश्वका अधिकांश देशलाई स्वास्थ्यको चुनौती दिदैँ स्वास्थ्य भएर बाँच्नको लागि हरक्षण सामना गर्न सिकाइरहेको अवस्था विद्यमान रुपमा छ ।
पहिला पनि देखिएका रोग आफैँ निको भएर विभिन्न औषधि भ्याक्सीन पत्ता लगाएर पूर्ण रुपमा उपचार भएर ठीक हुने अवस्था थियो । तर, अहिलको महामारी अन्त्य हुन निकै लामो समय अर्थात वर्षौ पनि लाग्ने विज्ञहरुको तर्क छ । विभिन्न देशमा खोपको अनुसन्धान परीक्षण भइरहेको छ ।

तरपनि सफल हुने हो कि होइन भन्नेमा पूर्ण विश्वस्त बन्न सकिएको छैन । खोपको परीक्षण असफल हुँदा अधिक राष्ट्रहरु चिन्तामा बस्नुपर्ने अवस्था छ । जस्तोसुकै बिषम् परिस्थितिको रोगलाई पनि खोपले नै समाधान हुने अनुसन्धानले देखाएको भएपनि यो रोगको पहिचान हुन नसक्दा विभिन्न राष्ट्रहरु यसको चपेटामा परिरहेका छन् । खोप बन्न १२ देखि १८ महिना सम्म लाग्न सक्ने विज्ञहरुको भनाई छ ।
नेपाल जस्तो देश भष्ट्राचार, अनियमितता राजनैतिक शक्तिको हावीको प्रभावले गर्दा देशको अवस्थामा छियाछिया भएको छ । अहिलेको सङ्कटको अवस्थामा पनि भष्ट्राचार गरेर आम नागरिकको हेर्ने दृष्टिकोणमा नकारात्मक असर परेको छ । पहिला पनि यस्तो नभएको भने होईन । उच्च ओहोदामा बसेका व्यक्तिको बोल्ने र काम गर्ने शैलीको विकास नहँुदा उनिहरु प्रतिको आशा नागरिकले विश्वास गर्ने वातावरण निराश बन्दै गएको छ । आँफूले मतदान गरी पठाएका प्रतिनिधि प्रति उनिहरुको व्यवहार शैलीबाट थकित बनेका छन् । विभिन्न नाकामा बसेका नेपालीहरु नाराबाजी गरेर आफ्नो देश भित्रिन माग गरिरहेको भएपनि बाहिरी देशमा छटपटिएर बस्नुपर्ने अवस्था छ ।
आप्रबासी नागरिकका लागि यस्तो अवस्थामा सरकार मौन रहेको छ । उनिहरुको व्यबस्थापनमा कुनै पनि चासो नदेखाउँनुले सरकारप्रतिको निराशा पनि बढ्दै गएको छ । यस्तो विषम परिस्थितिबाट लकडाउनको बसाई अवधिमा आम नेपाली नागरिकले के पाठ सिक्न सक्छौँ ! हामी दिन भरि अति नै फुसर्द बनेर बसेका छौँ । विभिन्न सामाजिक सन्जालमा दिनभरी झुण्डिने र आँफूलाई मनोरन्जन प्राप्त गरी समय व्यतित गरिरहेका हुन्छौँ ।
यस्तो बेला नि हामीमा कुनै जोश, जाँगर, उत्प्रेरणा, उर्जा छैन । यो बेला पनि यसरी नै समय बर्बाद गरेर बसिरहेका हामीलाई यो कोरोनाले केही रचनात्मक पाठ अवश्य सिकाउँछ । यस अवस्थामा विभिन्न किताब, लेख, रचना, कानुनका विषय अध्ययन गर्ने, र आँफूले समय निकाल्न नसकेर बाँकी रहेका काम पूरा गर्ने, विभिन्न क्षेत्रको अध्ययन गर्दा हाम्रो सिक्ने क्षमता प्रष्फुटन हुन्छ । नेपाल देश एक अद्धितीय प्राकृतिक स्रोत साधनले भरिपूर्ण रहेको छ । हामीले यसलाई सहि सदुपयोग गर्न सक्दा हिरामोति खोज्न टाढा जानुपर्छ जस्तो मलाई लाग्दैन । हाम्रो जीवनशैली एक जनाको कमाईमा सबै परिवार आश्रित छौं ।
काम गर्न सक्ने जागँर आपm्नो क्षेत्रमा भएका प्राकृतिक स्रोत साधनको प्रयोग गर्न सक्ने हिम्मत देशमा रोजगार गर्ने आटँ छैन । यो घर बसाई अवधिबाट हामीले के सिकेर अगाडि जाने भनेर कसैले सोच्न नि सकेका छैनौ । यो बसाईबाट हामीले विभिन्न खाका तयार पारेर बाहिर आउँदा आफूमा थप उर्जा प्राप्त गरी सोहि अनुरुपको कार्यशैली प्रस्तुत गर्दा रोजगारीका अवसर सिर्जना हुने गरिबी, बेरोजगारीको अन्त्य हुन गई देश समृद्धतर्फ अगाडि बढ्छ । त्यसैले आफ्नो क्षमता, दक्षता अभिवृद्धि गरी यो बसाई अवधिमा नयाँ सिद्धान्त प्रतिपादन गर्न सक्दा आँफू मात्र परिर्वतन नभई समाज, क्षेत्र, राष्ट्र नै अग्रगतिमा परिर्वतन हुन्छ ।

त्यसैले यो बसाई अवधि सधैं यस्तो सुवर्ण अवसर नआउँन पनि सक्छ सबैले ज्ञान, सीप, क्षमता लिएर बाहिर निस्कदाँ उ स्वयम् रोजगारी भोकमरीबाट वन्चित नरहला कि ! त्यसैले यो समय बर्बाद पारेर बस्नु भन्दा केहि न केहि रचनात्क कुरा सिकेर बाहिर आउँदा राम्रो हुने थियो जस्तो लाग्छ ।

अन्त्यमा, यी माथि लेखिएका कुरा मेरा नितान्त व्यक्तिगत कुरा हुन्, हामीले सक्षम समाज निर्माणका लागि आँफैबाट सुरुवात गर्यौँ । र, यो फुर्सदको समयमा आफूँलाई पढ्ने र रचनात्मक कुरालाई जान्ने मौका पाईयो भने समाज अवश्य पनि सकारात्मक हुनेथियो ।

अन्त्यमा, कोरोना भाइरसमा तपाईले के गर्ने !

हात साबुन पानीले नधोइकन अनुहार नछुने । 
खोक्दा हाछ्यूँ गर्दा टिस्यु पेपर वा माक्स अनिवार्य प्रयोग गर्ने ।
हात साबुन पानीले राम्ररी मिचिमिचि २० सेकेण्ड धुने र धुइसकेपछि स्यानिटाइजर प्रयोग गर्ने ।
अस्वस्थ मानिसको नजिक नजाने । गएपनि मास्क र पञ्जाको प्रयोग गर्ने ।
भीँडभाडबाट टाढा रहने ।
कम्तिमा एक व्यक्तिबाट अर्को व्यक्तिमा ३ फिटको दूरी राख्ने ।
भिटामिन ‘सि’ युक्त खानेकुरा साथै तातो पर्दाथ सेवन गर्ने ।
अति आवश्यक काम बाहेक घर बाहिर नजाने । 
सङ्क्रमणको शंका लागेमा तुरुन्त स्वास्थ्य संस्थाको परामर्श लिई उपचार हुने सम्बन्धित ठाँउमा अनिवार्य जाने । 
योगा, व्यायाम कसरतमा अनिवार्य सरिक हुने ।
यस्ता महामारीको लडाईमा सरकारलाई सहयोग गर्ने, अनावश्यक हो–हल्ला नगर्ने ।
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक
FEATURE BREAKING

कोशी प्रदेशमा दैनिकजसो समातिन्छन् लागूऔषध कारोबारी, ठूलो परिमाणमा गाँजा र ट्याब्लेट बरामद

by टाकुरा न्यूज । इटहरी
बैशाख ११, २०८३
0

इटहरी : कोशी प्रदेशका विभिन्न जिल्लामा प्रहरीले छुट्टाछुट्टै कारबाही गर्दै लागूऔषध ब्राउनसुगर, गाँजा तथा प्रतिबन्धित औषधीसहित १४ जनालाई पक्राउ गरेको छ।...

इटहरीमा ई–रिक्सा चालकहरूलाई ट्राफिक सचेतना 
विविध

इटहरीमा ई–रिक्सा चालकहरूलाई ट्राफिक सचेतना 

by टाकुरा न्यूज । इटहरी
बैशाख ११, २०८३
0

इटहरी : ई–रिक्सा सुरक्षित सञ्चालन प्रवर्द्धन गर्ने उद्देश्यले राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले ई–रिक्सा चालकहरूलाई लक्षित गरी ट्राफिक...

सुनसरीमा भन्सार छलीको सामानसहित मोटरसाइकल बरामद, तस्कर फरार

सुनसरीमा भन्सार छलीको सामानसहित मोटरसाइकल बरामद, तस्कर फरार

बैशाख ११, २०८३
विराटनगरमा १ अर्ब १५ करोडका योजना सञ्चालन

विराटनगरमा फुटपाथ खाली गराउन महानगरको कडाइ, साना व्यावसायी विस्थापनको जोखिम

बैशाख ११, २०८३

सङ्खुवासभा : भोटखोलाका एक हजार बढी नागरिकले लिए सीमा पास

बैशाख ११, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा प्रहरीको स्वीप अपरेसन, १२० जना नियन्त्रणमा

बैशाख ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

कोशी प्रदेशमा दैनिकजसो समातिन्छन् लागूऔषध कारोबारी, ठूलो परिमाणमा गाँजा र ट्याब्लेट बरामद

बैशाख ११, २०८३
इटहरीमा ई–रिक्सा चालकहरूलाई ट्राफिक सचेतना 

इटहरीमा ई–रिक्सा चालकहरूलाई ट्राफिक सचेतना 

बैशाख ११, २०८३
सुनसरीमा भन्सार छलीको सामानसहित मोटरसाइकल बरामद, तस्कर फरार

सुनसरीमा भन्सार छलीको सामानसहित मोटरसाइकल बरामद, तस्कर फरार

बैशाख ११, २०८३
विराटनगरमा १ अर्ब १५ करोडका योजना सञ्चालन

विराटनगरमा फुटपाथ खाली गराउन महानगरको कडाइ, साना व्यावसायी विस्थापनको जोखिम

बैशाख ११, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1390 shares
    Share 556 Tweet 348
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    624 shares
    Share 250 Tweet 156
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    386 shares
    Share 154 Tweet 97
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    376 shares
    Share 150 Tweet 94

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.