इटहरी : इटहरी १ आँपगाछीमा भएको दुर्घटनामा गम्भीर घाइते भएका युवकको मृत्यु भएको छ ।
सोमबार ३ बजेर २५ मिनेटको समयमा आँपगाछी चौकमा भएको दुर्घटनामा गम्भीर घाइते भएका एक युवकको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार को १ क ३४४१ नम्बरको दूध बोकेको गाडीले स ५ प ७३०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोरङ सुन्दरहरैँचाका २५ वर्षीय नरेश यादवको मृत्यु भएको हो । दुर्घटनामा यादव गम्भीर घाइते भएका थिए ।
उनको उपचारको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान पठाइएको थियो । उपचारको क्रममा यादवको दिउँसो अन्दाजी ४ बजे मृत्यु भएको वीपी प्रतिष्ठानले पुष्टि गरेको छ ।
स्थानीयका अनुसार दुवै सवारी साधन आँपगाछी चौकबाट एकै दिशाबाट इटहरीतर्फ जाँदै गरेका थिए । दुवै सवारी तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेपनि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।














Discussion about this post