Wednesday, October 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

सुनसरीका एसपी भन्छन्, ‘लागूऔषध कारोबारले अर्को अपराध जन्माइरहेछ….’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन ५, २०७८
in टाकुरा विशेष, समाचार
0
सुनसरीका एसपी भन्छन्, ‘लागूऔषध कारोबारले अर्को अपराध जन्माइरहेछ….’
1.8k
SHARES
Share on FacebookShare on Twitter

इटहरी : बढ्दो शहरीकरणसँगै विकसित जिल्लाको रुपमा आफ्नो परिचय स्थापित गर्न सुनसरी जिल्लाको नाम अग्रणी स्थानमै आउँछ ।

तर, बढ्दो शहरीकरणसँगै प्रहरीलाई चुनौती पनि उत्तिकै छ । जिल्लामा एक वर्षमा प्रहरीले लागूऔषध सम्बन्धि दर्जनौँ मुद्धा दर्ता गरेको छ भने उत्तिकै संख्यामा लागूऔषधमा संलग्न व्यक्तिहरुलाई कानूनी दायरामा समेत ल्याएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापा लागूऔषधले अर्को अपराध जन्माइरहेको बताउँछन् ।

कानूनी दायरामा ल्याएर मात्रै लागूऔषध ओसारपसार र प्रयोगकर्ताको संख्या दीर्घकालीन रुपमा न्यूनीकरण नहुने उनको तर्क छ ।

‘लागूऔषध एउटा समस्या हो, यसले अरु अपराध पनि जन्माइरहेको छ,’ एसपी थापा भन्छन्, ‘लागूऔषध प्रयोगकर्ताले समूह बनाएरै चोरी, लुटपाट, ठगी गर्ने जस्ता काम पनि गरिरहेकाले सुनसरीमा लागूऔषध कारोबारलाई न्यूनीकरण गर्न चुनौती ठूलो छ ।’

एसपी थापा भन्छन्, ‘ग्रास लेभलबाट उठेकाहरु छिटो धनी हुन खोज्ने र प्रयोकर्ताहरु नशामा डुब्ने भएकाले लागूऔषधको कारोबार भइरहेको छ, यसको समाधानका लागि राष्ट्रिय योजना नै बनाएर काम गर्न आवश्यक छ ।’

जिल्लामा दिनहुँजसो लागूऔषध प्रयोकर्ता र कारोबारी पक्राउ पर्ने गरेको प्रहरीको तथ्यांकमा रहेको उनले बताए ।

यो पनि – जीवन परिवर्तनको पाठ सिकाउँदै अम्मली

‘प्रहरी संगठनबाट सही दिशामा ल्याउने प्रयासहरु भएका छन्, तर त्यतिले मात्रै पर्याप्त छैन, कानूनी दायरामा ल्याएर मात्रै यसको दीर्घकालीन समाधान हुँदैन,’ एसपी थापाले टाकुरासँगको कुराकानीमा भने, ‘छिटो पैसा कमाउने उदेश्य र नशामा डुबेकाहरुले लागूऔषधबाट छुटकारा पाउनै सकिरहेका छैनन्, विशेषगरी इटहरी र धरानमा यो समस्या ठूलो छ ।’

‘कतिपय मानिसहरु ओसारपसारमा प्रयोग भएका छन्, केही मानिसहरु त भरियाकै रुपमा मात्रै पनि रहेका छन्,’ उनी भन्छन्, ‘यति सामान पुर्याइएबापत पैसा दिने चलन छ, यसभित्र ठूलो जालो छ, जालोमा छिरेपछि निस्किनै सक्दैनन्, एउटा पैसा र अर्को नशा नै यसको समस्या हो ।‘

सुनसरी प्रहरीको तथ्यांक अनुसार ०७७ वैशाखदेखि ७८ जेठ मसान्तसम्ममा लागूऔषध मुद्धामा १५६ वटा उजुरी परेको छ । ती मध्ये १९४ जना पुरुष र ४ जना महिला पक्राउ परेका छन् । त्यस्तै, लागूऔषध मुद्धामै उजुरी परेपनि ३० पुरुष र एक महिला भने फरार रहेका छन् । फरारको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

एसपी थापा भन्छन्, ‘ग्रास लेभलबाट उठेकाहरु छिटो धनी हुन खोज्ने र प्रयोकर्ताहरु नशामा डुब्ने भएकाले लागूऔषधको कारोबार भइरहेको छ, यसको समाधानका लागि राष्ट्रिय योजना नै बनाएर काम गर्न आवश्यक छ ।’ भारतको सीमावर्ती क्षेत्र रहेको सुनसरीमा लागूऔषधको धेरै कारोबार हुने प्रहरीको तथ्यांक रहेको उनको दाबी छ ।

‘कतिपय मानिसहरु ओसारपसारमा प्रयोग भएका छन्, केही मानिसहरु त भरियाकै रुपमा मात्रै पनि रहेका छन्,’ उनी भन्छन्, ‘यति सामान पुर्याइएबापत पैसा दिने चलन छ, यसभित्र ठूलो जालो छ, जालोमा छिरेपछि निस्किनै सक्दैनन्, एउटा पैसा र अर्को नशा नै यसको समस्या हो ।‘

उत्पादक र उद्गम स्थलमै पुगेर लागूऔषध न्यूनीकरण गर्न आवश्यक रहेको उनको तर्क छ । ‘वैकल्पिक अर्थोपार्जनको बाटो देखायो भने पनि धेरै हदसम्म लागूऔषधको कारोबार कम हुन्छ,’ उनले भने, ‘लागूऔषध प्रयोग गर्नु भनेको आफैँ पीडित र आफैं पीडक हुनु हो ।’

यो पनि – प्रहरीको निशानामा इटहरीका लागूऔषध कारोबारी, नौ दिनको अवधिमा १४ जना पक्राउ (तस्वीर तथा भिडियोसहित)

 

Tags: #लागूऔषध#सुनसरी#सुनसरी प्रहरीअपराधटाकुरा विशेषसञ्जयसिंह थापा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा
समाचार

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईँले पदबाट राजीनामा दिएका छन्। गुरागाईँले कात्तिक १० गते प्रदेश प्रमुख परशुराम खापुङसमक्ष...

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो
खेलकुद

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको खेलमा विराटनगर किङ्ग्स चितवन राइनोजसँग ८ रनले पराजित भएको छ। चितवनले दिएको...

सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

कार्तिक १०, २०८३

झापामा तीन लाखभन्दा बढीका पटका बरामद

कार्तिक १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कार्तिक १०, २०८३
विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

कार्तिक १०, २०८३
सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    841 shares
    Share 336 Tweet 210
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    642 shares
    Share 257 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    512 shares
    Share 205 Tweet 128
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    285 shares
    Share 114 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.