Wednesday, June 10, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

सुनसरीका एसपी भन्छन्, ‘लागूऔषध कारोबारले अर्को अपराध जन्माइरहेछ….’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन ५, २०७८
in टाकुरा विशेष, समाचार
0
सुनसरीका एसपी भन्छन्, ‘लागूऔषध कारोबारले अर्को अपराध जन्माइरहेछ….’
1.8k
SHARES
Share on FacebookShare on Twitter

इटहरी : बढ्दो शहरीकरणसँगै विकसित जिल्लाको रुपमा आफ्नो परिचय स्थापित गर्न सुनसरी जिल्लाको नाम अग्रणी स्थानमै आउँछ ।

तर, बढ्दो शहरीकरणसँगै प्रहरीलाई चुनौती पनि उत्तिकै छ । जिल्लामा एक वर्षमा प्रहरीले लागूऔषध सम्बन्धि दर्जनौँ मुद्धा दर्ता गरेको छ भने उत्तिकै संख्यामा लागूऔषधमा संलग्न व्यक्तिहरुलाई कानूनी दायरामा समेत ल्याएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापा लागूऔषधले अर्को अपराध जन्माइरहेको बताउँछन् ।

कानूनी दायरामा ल्याएर मात्रै लागूऔषध ओसारपसार र प्रयोगकर्ताको संख्या दीर्घकालीन रुपमा न्यूनीकरण नहुने उनको तर्क छ ।

‘लागूऔषध एउटा समस्या हो, यसले अरु अपराध पनि जन्माइरहेको छ,’ एसपी थापा भन्छन्, ‘लागूऔषध प्रयोगकर्ताले समूह बनाएरै चोरी, लुटपाट, ठगी गर्ने जस्ता काम पनि गरिरहेकाले सुनसरीमा लागूऔषध कारोबारलाई न्यूनीकरण गर्न चुनौती ठूलो छ ।’

एसपी थापा भन्छन्, ‘ग्रास लेभलबाट उठेकाहरु छिटो धनी हुन खोज्ने र प्रयोकर्ताहरु नशामा डुब्ने भएकाले लागूऔषधको कारोबार भइरहेको छ, यसको समाधानका लागि राष्ट्रिय योजना नै बनाएर काम गर्न आवश्यक छ ।’

जिल्लामा दिनहुँजसो लागूऔषध प्रयोकर्ता र कारोबारी पक्राउ पर्ने गरेको प्रहरीको तथ्यांकमा रहेको उनले बताए ।

यो पनि – जीवन परिवर्तनको पाठ सिकाउँदै अम्मली

‘प्रहरी संगठनबाट सही दिशामा ल्याउने प्रयासहरु भएका छन्, तर त्यतिले मात्रै पर्याप्त छैन, कानूनी दायरामा ल्याएर मात्रै यसको दीर्घकालीन समाधान हुँदैन,’ एसपी थापाले टाकुरासँगको कुराकानीमा भने, ‘छिटो पैसा कमाउने उदेश्य र नशामा डुबेकाहरुले लागूऔषधबाट छुटकारा पाउनै सकिरहेका छैनन्, विशेषगरी इटहरी र धरानमा यो समस्या ठूलो छ ।’

‘कतिपय मानिसहरु ओसारपसारमा प्रयोग भएका छन्, केही मानिसहरु त भरियाकै रुपमा मात्रै पनि रहेका छन्,’ उनी भन्छन्, ‘यति सामान पुर्याइएबापत पैसा दिने चलन छ, यसभित्र ठूलो जालो छ, जालोमा छिरेपछि निस्किनै सक्दैनन्, एउटा पैसा र अर्को नशा नै यसको समस्या हो ।‘

सुनसरी प्रहरीको तथ्यांक अनुसार ०७७ वैशाखदेखि ७८ जेठ मसान्तसम्ममा लागूऔषध मुद्धामा १५६ वटा उजुरी परेको छ । ती मध्ये १९४ जना पुरुष र ४ जना महिला पक्राउ परेका छन् । त्यस्तै, लागूऔषध मुद्धामै उजुरी परेपनि ३० पुरुष र एक महिला भने फरार रहेका छन् । फरारको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

एसपी थापा भन्छन्, ‘ग्रास लेभलबाट उठेकाहरु छिटो धनी हुन खोज्ने र प्रयोकर्ताहरु नशामा डुब्ने भएकाले लागूऔषधको कारोबार भइरहेको छ, यसको समाधानका लागि राष्ट्रिय योजना नै बनाएर काम गर्न आवश्यक छ ।’ भारतको सीमावर्ती क्षेत्र रहेको सुनसरीमा लागूऔषधको धेरै कारोबार हुने प्रहरीको तथ्यांक रहेको उनको दाबी छ ।

‘कतिपय मानिसहरु ओसारपसारमा प्रयोग भएका छन्, केही मानिसहरु त भरियाकै रुपमा मात्रै पनि रहेका छन्,’ उनी भन्छन्, ‘यति सामान पुर्याइएबापत पैसा दिने चलन छ, यसभित्र ठूलो जालो छ, जालोमा छिरेपछि निस्किनै सक्दैनन्, एउटा पैसा र अर्को नशा नै यसको समस्या हो ।‘

उत्पादक र उद्गम स्थलमै पुगेर लागूऔषध न्यूनीकरण गर्न आवश्यक रहेको उनको तर्क छ । ‘वैकल्पिक अर्थोपार्जनको बाटो देखायो भने पनि धेरै हदसम्म लागूऔषधको कारोबार कम हुन्छ,’ उनले भने, ‘लागूऔषध प्रयोग गर्नु भनेको आफैँ पीडित र आफैं पीडक हुनु हो ।’

यो पनि – प्रहरीको निशानामा इटहरीका लागूऔषध कारोबारी, नौ दिनको अवधिमा १४ जना पक्राउ (तस्वीर तथा भिडियोसहित)

 

Tags: #लागूऔषध#सुनसरी#सुनसरी प्रहरीअपराधटाकुरा विशेषसञ्जयसिंह थापा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मिक्लाजुङमा कविताको वर्षा
FEATURE BREAKING

मिक्लाजुङमा कविताको वर्षा

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २७, २०८३
0

मेरो माया मफलर भए बाँधिहिड्थेँ गलामा ! कैलेकाहीँ त मन नहुँदा टाँगिहिड्थेँ किलामा !  करिब ६५ वर्षअघि, अयामेली कवि बैरागी...

विराटनगर विमानस्थल : नयाँ टर्मिनल भवन निर्माणको भौतिक प्रगति ४७ प्रतिशत
FEATURE BREAKING

विराटनगर विमानस्थलमा ‘उडान अघि ठगी’ रोक्न प्रशासनको एक्सन, यी चार व्यवसायीलाई तिराइयो १२ लाख जरिवाना

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २६, २०८३
0

विराटनगर : विराटनगर विमानस्थल परिसरभित्र यात्रुहरूबाट अत्यधिक मूल्य असुल्ने प्रवृत्ति बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मोरङले छड्के अनुगमनमार्फत कडा कारबाही गरेको...

इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ

मोरङको लेटाङमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु, तीन जना घाइते

जेष्ठ २६, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

सुनसरी, मोरङ र झापाबाट लागूऔषधसहित तीन जना पक्राउ

जेष्ठ २६, २०८३
तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरणको तयारी 

तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरणको तयारी 

जेष्ठ २६, २०८३
भोजपुरमा ‘रुद्राक्ष पकेट क्षेत्र’का रूपमा विकास गर्ने योजना

भोजपुरमा ‘रुद्राक्ष पकेट क्षेत्र’का रूपमा विकास गर्ने योजना

जेष्ठ २६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मिक्लाजुङमा कविताको वर्षा

मिक्लाजुङमा कविताको वर्षा

जेष्ठ २७, २०८३
विराटनगर विमानस्थल : नयाँ टर्मिनल भवन निर्माणको भौतिक प्रगति ४७ प्रतिशत

विराटनगर विमानस्थलमा ‘उडान अघि ठगी’ रोक्न प्रशासनको एक्सन, यी चार व्यवसायीलाई तिराइयो १२ लाख जरिवाना

जेष्ठ २६, २०८३
इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ

मोरङको लेटाङमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु, तीन जना घाइते

जेष्ठ २६, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

सुनसरी, मोरङ र झापाबाट लागूऔषधसहित तीन जना पक्राउ

जेष्ठ २६, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1504 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    391 shares
    Share 156 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.