झापा : झापा बिर्तामोड नगरपालिका ३ भद्रपुर सडक खण्डको आँखा अस्पताल अगाडिबाट लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा हल्दिबारी गाउँपालिका १ बस्ने २० वर्षीय सुवास न्यौपाने र बिर्तामोड नगरपालिका १० ईलामेली टोलका २४ वर्षीय समीर राई रहेका छन् ।
प्रहरीका अनुसार सोमबार (आज) दिउँसो १ बजे लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको प्रहरी टोलीले मे ८ प ७३९२ नम्बरको मोटरसाइकलमा आएका न्यौपानेको साथबाट लागूऔषध ब्राउनसुगर १२ ग्राम बरामद गरेको थियो ।
मोटरसाइकलमा पछाडि सवार राईलाई समेत नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post