झापा : झापा गौरीगञ्ज गाउँपालिका ४ कदमगाछीबाट लागूऔषध ब्राउनसुगरसहित दुईजना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दमक नगरपालिका १ की ३४ वर्षीया मञ्जु धिमाल र २५ वर्षीया बिमला धिमाल रहेका छन् ।
शनिबार राति ९ बजे सीमा प्रहरी चौकी खजुरगाछीबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट लागूऔषध ब्राउनसुगर ४४ ग्राम ३०० मिलिग्राम बरामद गरेको हो ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post