झापा : प्रतिबन्धीत लागूऔषध ब्राउनसुगरसहित भद्रपुरबाट एकजना युवा पक्राउ परेका छन् ।
आज दिउँसो भद्रपुर ८ मा बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट गएको सयुक्त प्रहरी टोलीले भद्रपुर ८ बस्ने २२ वर्षिय सुमन तामाङलाई ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
उनलाई चेकजाँच गर्दा उनको साथबाट १५ ग्राम ७०० मिलिग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ ।
उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ ।












Discussion about this post