झापा : झापा भद्रपुर नगरपालिका ८ बाट प्रहरीले लागूऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २२ वर्षीय सुमन तामाङ रहेका छन् ।
आइतबार दिउँसो विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउनसुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तामाङको साथबाट प्रहरीले १५ ग्राम ७०० मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ ।
पक्राउ परेका तामाङलाई जिल्ला प्रहरी कार्यालय झापाले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post