मोरङ : मोरङमा व्यवसायीलाई धम्की दिएर रकम माग्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका १२ का २७ वर्षीय शम्भु पासवान र विराटनगर ११ का २८ वर्षीय अजय पासवान रहेका छन् ।
प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार व्यवसायीलाई धम्की दिएर रकम असुलेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरूको साथबाट नगद १० हजार र रकम माग गर्न प्रयोग भएको दुई थान मोबाइल समेत बरामद गरिएको डीएसपी श्रेष्ठले जानकारी दिए । पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post