इटहरी :नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इटहरी आउने कार्यक्रम स्थगित भएको छ ।
शनिबार (आज) इटहरी आउने तयारी पूरा भएपनि उनी नआउने भएका हुन् । इटहरी २ का ओम कोइरालालाई अभिनन्दन तथा कार्यकर्तालाई सम्बोधन गर्न आउन लागेका उनी आउने कार्यक्रम स्थगित भएको एमाले इटहरीले जनाएको छ ।
एमाले इटहरीले शुक्रबार एक पत्रकार सम्मेलन गरी ओली इटहरी आउने र कार्यक्रमको तयारी पूरा भएको जनाएको थियो ।
यद्यपि, कोइरालालाई भने सुवासचन्द्र नेम्वाङले अभिनन्दन गर्ने तयारी गरिएको छ । ओम कोइराला नागरिक अभिनन्दन समितिद्धारा अग्रज मजदुर नेता कोइरालाको अभिनन्दन कार्यक्रम आयोजना गरेको छ ।














Discussion about this post