झापा : प्रहरीले झापाबाट ४ जना जुवाडेलाई तास र नगदसहित पक्राउ गरेको छ ।
झापाको शिवसताक्षी नगरपालिका ९ स्थित जितेन्द्र शाक्यको घरबाट जुवाडेहरु पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार स्थानीय ५० वर्षीय अग्नि राई, ४० वर्षीय लाल बहादुर लिम्बु, ४५ वर्षीय मनिष क्षेत्री र ३७ वर्षीय सुरेश लिम्बु रहेका छन् । उनीहरुलाई गए राती गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले पक्राउ गरेको हो ।
तास खेलीरहेको अवस्थामा ३ बुङ तास, नगद १ लाख ७३ हजार ५ सय सहित उनीहरुलाई पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
साथै, पक्राउ परेका चारै जना बारे कानुन बमोजिम कारबाही तथा अनुसन्धान कार्य भईरहेको प्रहरीको जनाएको छ ।
Discussion about this post