इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप १४७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये मोरङको विराटनगरमा ४०, सुन्दरहरैचामा ४, उर्लाबारीमा ३, कानेपोखरी, बेलबारी, रतुवामाई र स्थानीय तह नखुलेका २–२, ग्रामथान र पथरीशनिश्चरेमा १–१ जना छन् ।
यस्तै, झापाको बिर्तामोडमा १३, दमकमा १०, भद्रपुरमा ७, कनकाईमा ६, कमल गाउँपालिकामा ५, शिवसताक्षी र अर्जुनधारामा २–२, मेचीनगर, बाहृदशी, कचनकवल, गौरादह, हाल्दिबारी, बुद्धशान्ति र झापा गाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको छ ।
यता, सुनसरीको इटहरीमा ४, धरानमा २, इनरुवा, वराहक्षेत्र, गढी र हरिनगरमा १–१, खोटाङको जन्तेढुङ्गा, उदयपुरको चौदण्डीगढी, पाँचथरको फिदिम र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।
यही अवधिमा प्रदेश १ मा ४३ जना कोरोना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।














Discussion about this post