झापा : झापाको शिबसताक्षी नगरपालिका १० माइधार चौक नजिक भित्रीसडक खण्डमा स्कारपियोको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही स्थानकी ७२ वर्षीया ललिता कट्वाल रहेकी छन् । आज बिहान दक्षिणबाट उत्तर तर्फ आउदै गरेको को १ च ७४१६ नम्बरको स्कारपियोले पैदल यात्री कट्वाललाई ठक्कर दिंदा उनको घटनास्थालमानै मृत्यु भएको छ ।
स्कारपियो र चालक ईलाम देउमाइ नगरपालिका ३ का ३२ वर्षीय पुर्ण खतिवडा अस्थाई प्रहरी पोष्ट माईधारको नियन्त्रणमा रहेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।














Discussion about this post