झापा : झापाबाट ब्राउनसुगरसहित सातजनालाई प्रहरीले पक्राउ गरेको छ ।
भद्रपुर नगरपालिका ७ बोक्तोवारीबाट ब्राउनसुगरसहित सातजनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा १९ वर्षीय नारायण राजबंशी, २२ वर्षीय प्रकाश राजबंशी, भद्रपुर ६ संगमटोलका २० वर्षीय राहुल ठाकुर, वडा ५ का २१ वर्षीय सोनु राजबंशी, बिर्तामोड नगरपालिका ८ सैनिकटोलका १८ वर्षीय सुदीप श्रेष्ठ, बिर्तामोड ६ कसेनी टोलका ३१ वर्षीय प्रताप योन्जन र अर्जुनधारा नगरपालिका १ का २८ वर्षीय राज श्रेष्ठ रहेका छन् ।
उनीहरूलाई वडा प्रहरी कार्यालय भद्रपुरको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकाको साथबाट ब्राउनसुगर ४ ग्राम ६१० मिलिग्राम, नाईट्रोजन ट्याबलेट १, तौल गर्ने डिजिटल तराजु १ थान बरामद गरेको प्रहरीले जनाएको छ । साथै मे ८ प ९७०१ र को ३८ प ९०२८ नम्बरको मोटरसाइकललाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ परेकाहरूबारे थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ।












Discussion about this post