इटहरी : लागूऔषध मुद्दाका एकजना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका १ का ४२ वर्षीय रामप्रवेश विक रहेका छन् ।
उनलाई लागूऔषध मुद्दामा जिल्ला अदालत मोरङले दुई वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला सुनाए पनि विक फरार थिए । अदालतले २०७५ साल फागुन १५ गते उनीविरूद्धको मुद्दामा फैसला गरेको हो ।
विकलाई मोरङ प्रहरीले पक्राउ गरेर अदालतमा पेस गरेको छ । अदालतमा पेस गरिएसँगै विकलाई कैद सजाय भुक्तानका लागि आइतबार नै कारागार समेत चलान गरिएको प्रहरीले जनाएको छ ।












Discussion about this post