झापा : झापाको मेचीनगर नगरपालिकामा लागूऔषध (खैरो हेरोइन) ब्राउनसुगरसहित एक महिला पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा कनकाई नगरपालिका ३ की २४ वर्षीय सरिता विक रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।
प्रहरीक अनुसार विकलाई लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोली मेचीनगर नगरपालिका ६ मेची पुलबाट आफ्नी ८ वर्षीया छोरीको साथमा लुकाएर ल्याउँदै गरेका अवस्थामा २ ग्राम ब्राउनसुगर बरामद गरेको हो ।
पक्राउ परेकी विकमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post