इटहरी (डेस्क) : प्रहरीले लागूऔषधसहित भिन्नाभिन्नै स्थानबाट तीनजनालाई पक्राउ गरेको छ ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार धरान १३ का २७ वर्षीय मिलन तामाङलाई लागूऔषधसहित भानुचोकबाट प्रहरीले पक्राउ गरेको छ ।
आज (मंगलबार) वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा तामाङको साथबाट डाईजेपाम ८ एम्पुल, लुपिजेसिक ८ एम्पुल, एभिल ८ एम्पुल, नाईट्रोजोपाम ५० ट्याब्लेट र स्पास्मो प्रोक्सिभन १८ ट्याब्लेट बरामद गरेको प्रहरीले जनाएको छ ।
यस्तै, मोरङको उर्लाबारी नगरपालिका ३ नमुना टोलबाट २ जनालाई लागूऔषध ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी ३ का २६ वर्षीय बाबुराम थारु र ३१ वर्षीय सन्तोष तामाङ रहेका छन्।
उनीहरूलाई आज (मंगलबार) विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले ब्राउनसुगर १ ग्राम १७० मिलिग्राम सहित पक्राउ गरेको हो।
पक्राउ परेका तीनैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post