धरान : बैकिङ कसुर मुद्दामा अदालतबाट कैद र जरिवाना सजाय तोकिएपनि फरार रहेका धरान १२ का एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार पक्राउ पर्नेमा ३३ वर्षीय श्रबण कुमार ठाकुर रहेका छन् । उनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको आर.आई.टी.बाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
बैकिङ कसुर मुद्दामा २०७७ माघ २६ गते अदालतले उनलाई ३ दिन कैद र २ लाख ४० हजार जरिवाना फैसला गरेको थियो ।
अदालतबाट फैसला भएपनि ठाकुर फरार सूचीमा थिए । उनलाई प्रहरी टोलीले पक्राउ गरि आज जिल्ला अदालत सुनसरीमा दाखिला गरेर कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।














Discussion about this post